काठमाडौँ । युक्रेनको बन्दरगाह सहर मारिओपोलस्थित एउटा बाल अस्पतालमा रुसले हवाई आक्रमण गर्दा प्रसूति तथा बालबालिकाको उपचार गरिने वार्ड ध्वस्त भएको छ ।
Advertisement
उक्त आक्रमणलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘युद्ध अपराध’को संज्ञा दिएका छन् । रुसले यसअघि उच्च प्रभावित शहरका सर्वसाधारण मानिसलाई छ वटा मार्गबाट अन्यत्र पठाउन १२ घण्टा लामो युद्ध विराममा सहमति गरेको जनाइएको थियो ।
यसैबीच अमेरिकाले रुसले युक्रेनमाथि रासायनिक अस्त्र प्रयोग गर्न सक्ने दाबी गर्दै आएको छ । आईएईएले पछिल्ला दिनमा युक्रेनको प्रमुख परमाणु उर्जा केन्द्र जापोरिज्यासँग आफ्नो टाढैबाट अनुगमन गर्न मिल्ने डेटा प्रसार प्रणालीसँग सम्पर्क टुटेको जनाएको छ ।