• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

‘ग्रिन फाइनान्स’माथि काठमाडौंमा दक्षिण एसियाली बहस


    Avatar photo
बुधबार, चैत २१, २०८० मा प्रकाशित

काठमाडौं- दक्षिण एसियाको ‘ग्रिन फाइनान्स’ र दिगो विकास विषयमा बुधबार काठमाडौंमा बहस भएको छ।

Advertisement

कन्सोर्टियम अफ साउथ एसियन थिंक ट्यांक (कोस्याट)को आयोजनामा ‘ग्रिन फाइनान्स एन्ड सस्टेनेबल डेभेलपमेन्ट इन साउथ एसिया’ विषयक क्षेत्रीय कन्फरेन्स सम्पन्‍न भएको हो। कन्फरेन्समा अफगानिस्तानबाहेक दक्षिण एसियाका सबै मुलुकका प्रतिनिधि उपलस्थित थिए। रिजनल प्रोजेक्ट इनर्जी सेक्युरिटी एन्ड क्लाइमेट चेन्ज एसिया प्यासिफिक (रिक्याप) र कोनराड एडनावा स्टिफटुङ (केएएस)को समन्वयमा कन्फरेन्स आयोजना भएको हो।

कन्फरेन्सको उद्‍घाटन सेसनमा ‘डेलिगेसन अफ दी युरोपियन युनियन इन नेपाल’का ‘हेड अफ कोअपरेसन’ डा. मार्को गेमरले दक्षिण एसियामा सुशासन मुख्य मुद्दा भएको औंल्याए। जलवायु परिवर्तनको मुद्दामा ३० अर्ब अमेरिकी डलर खर्च भइसकेको उल्लेख गर्दै गेमरले त्यसबाट के उपलब्धी हासिल भयो भनेर खोजी गर्ने बेला आएको बताए। अहिलेका लागि विभिन्‍न मुलुकमा गएको बाढी पहिरो मात्र जलवायु परिवर्तनको मुद्दा बनेको उनले बताए।

‘मैले नेपालमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग भेटवार्ता गर्दा उहाँले नेपाली अर्थतन्त्रकै रूपान्तरणको पाटोमा काम भइरहेको बताउनुभयो। यो एकदमै खुशीको कुरा हो,’ गेमरले भने, ‘नेपालमा नयाँ आवधिक योजना पनि बन्दैछ। हामी मित्र राष्ट्र र दातृ निकायहरूले पनि नेसन बिल्डिङकै पाटोमा जोड र सहायता दिँदै आएका छौं।’

अभिभावकलाई मात्र आफ्ना सन्तानको शिक्षाको महत्त्व जानकारी हुने उल्लेख गर्दै भने, ‘शिक्षा क्षेत्रमा नेपालको प्राथमिकता पो कमजोर भयो कि ?’ क्लाइमेट फाइनान्स फरक विषय भएको बताउँदै उनले नेपालका स्थानीय तहहरूमा अझै पनि एक्साभेटरको प्रयोग व्यापक रहेकामा चिन्ता व्यक्त गरे। ‘नेपालका मेयरहरूको जिम्मेवारी संसारमै कठिन जब हो। तिनै मेयरहरूलाई क्लाइमेट फाइनान्सको पाटो नै जानकारी छैन,’ उनले भने, ‘काठमाडौंमा हुने क्लाइमेट फाइनान्ससम्बन्धी कुनै पनि छलफल र बहसमा मेयरहरूलाई सहभागी गराउन नसक्नु चिन्ताको विषय हो।’ त्यस्तै अवस्था अन्य मुलुकमा देखिएको उनले औंल्याए।

अर्को प्रसंगमा नेपालका अखबार र सञ्‍चार माध्यमहरूमा नकारात्मक समाचारले मात्र प्राथमिकता पाउँदै आएको उनले औंल्याए। ‘जब कि, नेपालमै अन्य धेरै सकारात्मक पाटो छन्, जुन सञ्‍चार माध्यमको प्राथमिकतामा परेका छैनन्।’

कृषि क्षेत्रमा उल्लेख्य विकास नभई नेपालको अर्थतन्त्र विकास हुने कल्पना गर्न नसकिने उनले बताए। ‘त्यसको विपरीत धेरै मानिसले धमाधम खेतीपाती छाडिरहेका छन्,’ गेमरले भने, ‘त्यसका बावजुद सस्टेनेबल डेभेलपमेन्ट गोलमा नेपालले धेरै राम्रो उपलब्धी हासिल गरेको छ। यति सकारात्मक पाटोमा नेपालका सञ्‍चार माध्यमहरूले कभर स्टोरी बनाउन सकेको देखिँदैन।’

अर्को प्रसंगमा उनले क्लाइमेट फाइनान्समा दिगो सडक विकास मुख्य प्राथमिकतामा पर्नुपर्ने उल्लेख गरे। र, भने, ‘किनकि, सडक नै अर्थतन्त्रको मुख्य आधार स्तम्भ हो।’

यस्तै, इसिमोड नेपालका सिनियर पोलिसी एडभाइजर ब्रिजमोहन सिंह राठोरले ग्रिन फाइनान्स हिन्दूकुश हिमालयन क्षेत्रका लागि पनि निकै पेचिलो विषय बनेको बताए। उनी भारतीय वन सेवाका अवकाश प्राप्त अधिकारी हुन्। सेवा निवृत्त जीवनमा आफू मध्यप्रदेशको भोपालस्थित पुर्ख्यौली थलोमा अर्गानिक खेतीमा सक्रिय रहेको र सोही क्रममा भुटानका राजनीतिकर्मी पेमा ग्याम्सोले आफ्नो मुलुकमा पनि आएर त्यस क्षेत्रमा काम गरिदिन आग्रह गरेको उनले उल्लेख गरे।

‘हिन्दूकुश हिमालय रिजनमा इसिमोडले काम गरिरहेकै छ,’ उनले भने, ‘विश्वले नै अहिले इन्टिग्रेटेड ग्रिन फाइनान्समा जोड दिइरहेको छ। जोखिम व्यवस्थापन यसमा एक मुख्य पाटो हो। र, दक्षिण एसियाका लागि पनि यो निकै महत्त्वपूर्ण छ।’

‘पाकिस्तानमा देखिने प्रदूषण भारत हुँदै नेपालसम्म आइपुगिरहेको छ। हिम चितुवाहरू हिमाली क्षेत्रभन्दा तल ओर्लिन थालेका छन्। तराईमा पाइने पाटे बाघहरू लेकाली इलाकामा देखिन थालेका छन्,’ उनले जलवायु परिवर्तनको अवस्था सम्झाए, ‘यो भविष्यका लागि निकै ठूलो संकेत हो।’

केएएस रिक्यापका निर्देशक फेडरिक क्लेमले नेपालका गाउँहरूले जलवायु परिवर्तनबारे सुन्दै नसुनेको उल्लेख गरे। ‘गाउँलेले जलवायु परिवर्तनबारे सुनेकै छैनन् तर तराईका लामखुट्टे पहाडमा छ्यापछ्याप्ति देखिएर जलवायु परिवर्तन भइरहेको जनाउ दिइरहेकै छन्,’ उनले भने, ‘सिंगापुरमा समुद्री सतह निरन्तर बढ्दो छ। र, समुद्री किनारमा रिटेनिङ वालहरू यत्रतत्र देखिन थालेका छन्।’

प्रकृतिमा आधारित समाधानमा दक्षिण कोरियाले राम्रो उदाहरण पस्केको उनले बताए। ‘हामीले प्रोत्साहित गर्नुपर्ने स्थानीय तहलाई नै हो। भारतले गर्न सक्यो, पाकिस्तानले पनि त्यसै गर्दैछ तर नेपालले यस पाटोमा काम गरेन भन्‍ने व्यापक गुनासो सुनिएको छ,’ उनले भने।

पहिलो सत्रको अध्यक्षता केएएस रिक्यापका प्रोग्राम म्यानेजर टिम एन्टोनले गरेका थिए। उक्त सेसनमा भुटानकी अर्थशास्त्री सोनाम छोदेन वाङ्दीले आफ्नो मुलुक विश्वको पहिलो कार्बन नेगेटिभ राष्ट्र बनेको उल्लेख गरिन्। भुटानमा जलवायु परिवर्तनकै कारण १८ वटा हिमताल विष्फोट भइसकेको र थप १७ वटा जोखिमपूर्ण अवस्थामा रहेको उनले जानकारी दिइन्। र, भुटान १० करोड अमेरिकी डलर बराबरको कार्बन बिक्री गर्न सक्षम भइसकेको बताइन्।

यस्तै, बंगलादेशको ढाकास्थित ‘नेसनल इन्स्टिच्युट अफ एडभान्स स्टडिज’की डक्टरल फेलो अपरुपा भट्टाचर्जीले आफ्नो मुलुकमा जलवायु परिवर्तनको मुख्य प्रभावका रूपमा निरन्तर समुद्री तुफान र चट्याङका घटनामा वृद्धि भएको बताइन्। दक्षिण एसियाकै ठूलो रेन फरेस्ट सुन्दरवनमा दैनिक उपभोगका सामग्रीहरू संकलन गरेर फर्किने महिलाहरूमा विभिन्‍न खाले स्वास्थ्य समस्या देखिन थालेको र त्यो जलवायु परिवर्तनको असर हो कि होइन भन्‍ने प्रष्ट हुन नसकेको उनले जानकारी दिइन्।

अर्को प्रसंगमा जलवायु परिवर्तनका गम्भीर असर र परिणामहरू देखिइरहेका बेला भ्रष्टाचार सबैभन्दा ठूलो र जटिल समस्या बनेको उनले औंल्याइन्।

ढाकास्थित ‘बंगलादेश इन्स्टिच्युट अफ पिस एन्ड सेक्युरिेटी स्टडिज’का रिसर्च एसोसिएट फहद अल सलामले क्लाइमेट फाइनान्स शीर्षकमा दक्षिण एसियामा आउने रकममध्ये ९५ प्रतिशत भारत र बंगलादेशले भित्र्याइरहेको जानकारी दिए। र, बंगलादेश जीडीपीमा ८ प्रतिशतको वृद्धिसँगै विश्वको ‘फास्ट ग्रोइङ इकोनोमी’ बनेको बताए।

इस्लामावादस्थित पाकिस्तान इन्भारमेन्ट ट्रस्टका हसन अनवरले वायु प्रदूषण पाकिस्तान र भारतको उत्तरी क्षेत्रको मुख्य समस्याका रूपमा देखा परेको उल्लेख गरे।

दोस्रो सेसनमा ढाकास्थित ‘बंगलादेश इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड स्ट्राटेजिक स्टडिज’की रिसर्च अफिसर डा. बेनुका फर्दौसीले बाढी प्रतिरोधी ट्युबवेल र घर तथा पानीमा तैरिने तरकारी खेती र सोही प्रकारका घरहरूको निर्माण आफ्नो मुलुकमा आम विषय बन्‍न थालेको जानकारी दिइन्।

कोलम्बोस्थित सिँचाइ विभागकी निर्देशक डब्लूसीएन विक्रमासिंघेले श्रीलंकामा जलवायु पविर्तनको पछिल्लो अवस्था प्रष्ट्याएकी थिइन्। यस्तै, माल्दिभ्सका वातावरण पत्रकार इस्माइल खिलाथ रसिदले जलवायु परिवर्तनको गम्भीर असर दक्षिण एसियामा सबैभन्दा ज्यादा आफ्नै मुलुकमा देख्न सकिने उल्लेख गरे। माल्दिभ्सको थोरै जमिन पनि समुद्रमा डुब्ने जोखिममा रहेको उनले बताए। यही बेला भ्रष्टाचारले आकाश छोएको चिन्ताजनक अवस्था उल्लेख गर्दै उनले क्लाइमेट फन्डको परिचालन पारदर्शी नभएको र त्यसलाई कुशासनले गाँजेको बताए। ‘दूरदराजका टापुस्थित बस्तीहरूमा निजी क्षेत्रका बैंकहरू त पुग्न सकेका छैनन्, त्यति टाढा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने परियोजनाहरू पुग्नु झनै टाढाको कुरा हो,’ उनले भने।

कोलम्बोस्थित ‘लक्ष्मण कादिर्गामर इन्स्टिच्युट’का माइकल इभसनले सन् २०२२ मा श्रीलंका कसरी टाट पल्टियो र त्यसबाट कसरी विस्तारै बाहिर निस्किन प्रयासरत भन्‍ने विवरण प्रस्तुत गरे। नेपाल इन्जिनियरिङ कलेजका असिस्टेन्ट प्रोफेसर प्रतीकसिंह ठकुरीले जलवायु परिवर्तनको तीव्रतर असर भोगिरहेको हिन्दूकुश हिमालय क्षेत्रमा नेपाल मध्यभागमा रहेको उल्लेख गरे।

बुधबार, चैत २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ८.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.