• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

फेरि आयो मेलम्ची तर अझै काकाकुल काठमाडौं !


    Avatar photo
बुधबार, चैत २१, २०८० मा प्रकाशित

काठमाडौं- मेलम्चीको पानी वितरणले पानी छेलोखेलो हुने आश उपत्यकावासीको थियो। मेलम्चीको पानी वितरण शुरु भइसके पनि उपत्यकावासीका सास्ती उस्तै छन्। मेलम्ची त आयो, पानीको समस्या भने ज्यूँका त्यूँ छ।

Advertisement

संघीय राजधानी काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का २ लाख ६० हजार ग्राहक छन्। तीमध्ये करिब डेढ लाखको धारामा मेलम्चीको पानी पुग्छ। बाँकीलाई अन्य स्रोतको पानी उपलब्ध गराइँदै आएको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई बताउँछन्।

उनका अनुसार उपत्यकाका महांकाल चौर, मीनभवन, अनामनगर, बालाजु, बाँसबारी, कीर्तिपुर, खुमलटार, कटुन्जे र बोडेमा सर्भिसेस ट्यांकी राखिएका छन्। तिनै स्थानबाट हुने हो, मेलम्चीको पानी वितरण पनि।

काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग छ। आपूर्ति भने मेलम्चीबाट १७ करोड र पुरानो प्रणालीको १० करोड गरी २७ करोड लिटर मात्र छ। अझै २० करोड लिटर पानी अभाव छ, उपत्यकामा। ‘मेलम्चीको पानीबाट पनि उपत्यकाको माग पूरा भएको छैन। हामीले १ या २ दिन बिराएर वितरण गरिरहेका छौं,’ राई भन्छन्।

आयोजना कार्यान्वयन निर्देशनालयले परीक्षण गरिएको ७१ किलोमिटर पाइपलाइन मात्र केयूकेएललाई हस्तान्तरण गरेको छ। त्यसैले मेलम्चीको पानी आउने धाराको संख्या निश्‍चित नभएको राई बताउँछन्।

सुन्दरीजलदेखि काठमाडौं उपत्यकाका घर-घरमा पाइप पुर्‍याउनेलगायत काम मेलम्ची सब-प्रोजेक्ट-२ को आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको छ। नयाँ पोखरी बनाउने, पोखरीसम्म मुख्य पाइपलाइन विस्तार गर्ने र त्यहाँबाट घर-घरसम्म पाइप जोड्ने जिम्मेवारी निर्देशनालयलाई दिइएको छ।

निर्देशनालयका प्रवक्ता चन्द्रकुमार श्रेष्‍ठका अनुसार अहिलेसम्म १ हजार १० किलोमिटर लामो नयाँ पाइपलाइन बिछ्याइसकिएको छ। त्यसमध्ये ४२९ किलोमिटरमा परीक्षण गरिएको छ भने ५८१ किलोमिटरमा परीक्षण गर्नै बाँकी छ। ‘८५ हजार घरधुरीमा पाइपलाइन जोडिसकेका छौं। त्यसमध्ये ३५ हजार घरधुरीमा मेलम्चीको पानी वितरण भइरहेको छ,’ उनी भन्छन्, ‘बाँकीको परीक्षण भइरहेको छ। मेलम्चीको पानी नआएकाले परीक्षण गर्न सकिएको थिएन। अब पानी उपलब्ध भएकाले असार मसान्तसम्म परीक्षण गरिसक्ने लक्ष्‍य छ।’

उनका अनुसार दोस्रो चरणअन्तर्गत अहिले ७९६ किलोमिटर पाइप बिछ्याउने काम जारी छ। त्यसको ७५ प्रतिशत काम सकिएको छ। निर्देशनालयको पहिलो चरणको काममा ३४ अर्ब रुपैयाँ खर्च हुने अनुमान थियो। त्यसमध्ये करिब २४ अर्ब रुपैयाँ खर्च भइसकेको छ।

उद्‍घाटनै उद्‍घाटन

हरेक वर्ष बाढीले मेलम्चीको हेडवर्क्समा क्षति पुर्‍याउँछ। मर्मत गरेर पानी वितरणको तयारी हुन्छ अनि बर्सेनिजस्तो उद्‍घाटन हुन्छ। हालसम्म एउटै कामको उद्‍घाटन राष्‍ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीहरूले गरेका छन्। २१ असार ०७७ मा सिन्धुपाल्चोकका तत्कालीन प्रमुख जिल्ला अधिकारी र  तत्कालीन खानेपानी मन्त्री विना मगरले काठमाडौंबाट मेलम्ची खानेपानी आयोजनाकोे पथान्तरणको शुरुवात गराएका थिए।

२०७७ फागुन पहिलो साता तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्ची पुगेर पानी पथान्तरण गरे। २२ फागुन ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले फ्लसिङ टनेलको हाइड्रोलिक मेकानिकल गेटको बटम थिचेर प्रशोधन केन्द्रमा पानी झारेका थिए।

यस्तै, २० चैत ०७७ मा तत्कालीन राष्‍ट्रपति विद्यादेवी भण्डारीले काठमाडौ भृकृटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर औपचारिक उद्‍घाटन गरेकी थिइन्। १९ चैत ०७८ मा तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरी मेलम्चीको मुहानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्न शुरु गराए।

११ वैशाख ०७९ मा मन्त्री उमाकान्त चौधरीले नै बानेश्‍वरस्थित केयूकेएलको ट्यांकीबाट स्टेरिङ घुमाएर मेलम्चीको पानी वितरणको पुनः उद्‍घाटन गरे। २३ मंसिर ०७९ मा चौधरीले फेरि पानी वितरण शुरु गराए। १ माघ ०८० मा प्रधानमन्त्री पुष्‍पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा पानीको धारा खोलेर पुनः उद्‍घाटन गरे।

इतिहासमा मेलम्ची कथा

विसं २०२० को दशकको अन्त्यतिरदेखि सरकारी निकाय र दाताहरूले भविष्‍यमा पानीको अपर्याप्ततालाई हेरी वैकिल्पक स्रोतबारे छलफल थालेका थिए। बेलायतको अन्तर्राष्‍ट्रिय संस्था बिन्‍नी एन्ड पार्टनर्सले सन् १९७३ तिर काठमाडौंको खानेपानीबारे अध्ययन गरी गुरुयोजना बनाएको थियो। बिन्‍नी एन्ड पार्टनर्सले संयुक्त राष्‍ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा सन् १९८८ (०४४ साल) मा मेलम्ची आयोजनाको सम्भावना अध्ययन गरी प्रतिवेदन दिएको थियो।

सन् १९९० (०४७ साल) मा क्यानाडाको स्ट्यान्ले एन्ड एसोसिएट्सले मेलम्ची खानेपानी आयोजनाको विषयमा प्रारम्भिक वातावरणीय अध्ययन गरेको थियो। सन् १९९२ (०४८ साल) मा अस्ट्रेलियाको स्नोई माउन्टेन्स इन्जिनियरिङ कर्पोरेसनले यो आयोजनाको विषयमा विस्तृत सम्भाव्यता अध्ययन गरेर प्राविधिक, वातावरणीय, सामाजिक र आर्थिक हिसाबले सम्भव र लाभदायक रहेको प्रतिवेदन दिएको थियो। तत्कालीन प्रधानमन्त्री कृष्‍णप्रसाद भट्टराईले त्यसपछि मेलम्चीको पानी काठमाडौं ल्याउने भाषण गरेका थिए।

२०५७ सालमा आयोजना निर्माणको टुंगो लागेको थियो। आयोजना शुरु गर्दा आव ०६४-६५ सम्ममा यसको निर्माण नै सम्पन्‍न गर्ने महत्त्वाकांक्षी लक्ष्‍य राखिएको थियो। तर, आयोजना निर्माणको ठेक्का लाग्न लामो समय कुर्नुपर्‍यो। फागुन ०६५ मा चाइना रेल्वे कन्स्ट्रक्सन कम्पनीले भदौ ०७० सम्ममा आयोजनाको निर्माण सक्नुपर्ने शर्तमा सुरुङ र हेडवर्क्स (नदीबाट पानी फर्काएर सुरुङभित्र पानी पठाउने बाँध) निर्माणको ठेक्का पायो। तर, चाइना रेल्वेले निर्माण अघि बढाउन सकेन।

सोही कारण असोज ०६९ मा यो ठेक्का सम्झौता नै रद्द गरियो। त्यसपछि सरकारले फेरि नयाँ ठेकेदार खोजीको प्रक्रिया अघि बढायो। ०७० सालमा आयोजना निर्माणका लागि इटालीको कम्पनी को-अपरेटिभ मुराटोरी सेमेन्टिस्टी दी राभेन्‍ना (सीएमसी) सँग सम्झौता गरियो। तर, काम नसकिँदै सीएमसी पुस ०७५ मा भाग्यो। र, उक्त कम्पनीसँगको ठेक्का तोडेर सरकारले भदौ ०७६ मा बाँकी काम पूरा गर्ने जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिएको थियो।

बुधबार, चैत २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.