• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

सर्वदलीय बैठक जारी

सुनचाँदीको मूल्य वृद्धि

प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

धनगढीबाट उडेको श्री एयरलाइन्सको जहाज अढाइ घण्टा आकाशमा हराएपछि


बिहिबार, चैत १५, २०८० मा प्रकाशित

कैलाली- धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज २ घण्टा २२ मिनट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको छ।

Advertisement

बिहान ७ः१२ बजे धनगढीबाट उडेको श्रीएयरको उडान नम्बर २२८ जहाज मौसम खराव भएका कारण काठमाडौंमा अवतरण गर्न सकेन। आकाशमा अढाइ घण्टासम्म उडेको जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि फर्केर ९ः३४ बजे भैरहवामा आपतकालीन अवतरण गरेको हो।

८० सिट क्षमताको जहाजमा दुई बच्चासहित ७७ जना यात्रु सवार थिए।

काठमाडौंको आकाश खुलेपछि धनगढीबाट जहाज उडेको श्रीएयरका धनगढी इन्चार्ज गजेन्द्र शाहीले बताए। तर, काठमाडौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि काठमाडौंको आकाशमा होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको शाहीले बताए।

अढाइ घण्टासम्म जहाज सम्पर्कविहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरू आत्तिएका थिए। ५० मिनटमा काठमाडौंमा अवतरण हुनुपर्ने जहाज एक घण्टापछि पनि सम्पर्कविहीन भएपछि यात्रुका आफन्तहरूले तारन्तार श्री एयरलाइन्समा कल गरेका थिए।

धनगढीबाट उडेको जहाजले काठमाडौंको आकाशमा डेढ घण्टाभन्दा बढी फन्को लगाएको थियो। यात्रुहरूका अनुसार बिमानस्थलमा अवतरण गर्न जहाजका पांग्रा पनि खुलिसकेका थिए। कोटेश्वर नजिकबाट विमानस्थल देखिइसकेको थियो। तर, जहाजले धावनमार्गमा अवतरण नगरी अचानक ओभर सुट गरेको थियो।

त्यसपछि भने जहाजमा रहेका यात्रुबीच रुवावासी चल्यो। यात्रुहरू निकै आत्तिएका थिए। यात्रुले परिचारिकासँग जहाजमा खरावी आएको वा मौसम खरावका कारण अवतरण गर्न नसकिएको हो भन्ने विषयमा जानकारी लिन खोज्दा सही जवाफ नपाएको गुनासो गरेका छन्।

काठमाडौंमा अवतरण हुन नसकी फिर्ता भएको उक्त जहाज धनगढीबाट उडेको झण्डै अढाइ घण्टापछि भैरहवामा अवतरण भएपछि पनि जहाजमा रहेका यात्रुहरू रोइरहेका थिए। उनीहरू निकै डराएका थिए।

बिहिबार, चैत १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु
भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

भर्खरै

  • १.
    सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

  • २.
    भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

  • ३.
    नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • ५.
    गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

  • ६.
    राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

  • ७.
    सर्वदलीय बैठक जारी

  • ८.
    सुनचाँदीको मूल्य वृद्धि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.