महिलाको भेषमा एक पुरुष युक्रेनको सीमामा पक्राउ परेका छन्। उनी रुसको आक्रमणबाट बच्न देश छाडेर भाग्दै थिए।
युक्रेनी सुरक्षाकर्मीले उनलाई पक्राउ गरेर देशभित्रै फर्काएका छन्। रुसको आक्रमणको प्रतिकार गर्न युक्रेनका १८ देखि ६० वर्षका पुरुषहरूलाई देशबाट पलायन हुन प्रतिबन्ध लगाइएको छ।
ती पुरुषले भने लडाइँमा होमिएर ज्यान गुमाउनुभन्दा देशबाट भाग्नु नै उचित सम्झिए। र, महिलाका कपडा पहिरेर सीमामा पुगे। तर, उनलाई सुरक्षाकर्मीले पक्राउ गरेर घर फर्काएका छन्।
‘१८ देखि ६० वर्षका पुरुषले युक्रेन छाड्नु हुँदैन,’ ट्विटरमा युक्रेनस्थित एकेडेमियानुमेन डट कमका निर्देशक फर्नान्डो सेरिमेन्डोले लेखेका छन्, ‘हामीले देशको सार्वभौमिकता बचाउने लडाइँमा सामेल हुनुछ। सत्ता सधैँ अत्याचारी हुन्छ। तर, तपाईं एकजना मनोरोगी बनेर स्वतन्त्रता प्रतिबन्धित हुँदैन। युक्रेनका हजारौँ परिवार सदाका लागि छुट्दै छन्।’