काठमाडौँ । चीनको बुहान सहरमा पहिलोपटक देखिएको कोरोना भाइरस ९कोभिड९१९० महामारी फैलिएको तीन वर्ष पूरा भएको छ । यो अविधमा कोरोना संक्रमणबाट विश्वभर ६० लाख मानिसले ज्यान गुमाएका छन् ।
Advertisement
अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालका अनुसार सोमबार बिहानसम्म ५९ लाख ९९ हजार २१८ जनाको मृत्यु भएको छ । सोही अवधिमा ४४ करोड ६५ लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।
कोरोना नियन्त्रण गर्न विश्वभर ुलकडाउनु लगाइएको थियो । तर, यो भाइरस विश्वका सबै देशमा देखा परेको थियो । भाइरसबाट सबैभन्दा बढी अमेरिकाका नागरिकले ज्यान गुमाएका छन् । एजेन्सी