• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

पुटिनका ६ विश्वासपात्र अर्बपतिहरू, जसमाथि लाग्यो विश्वव्यापी प्रतिबन्ध


शनिबार, फागुन २१, २०७८ मा प्रकाशित

Advertisement

युक्रनमाथि आक्रमणका कारण अमेरिका, युरोपियन युनियन, बेलायत, क्यानाडालगायत मुलुकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ६ जना विश्वासपात्र व्यापारीहरूमाथि प्रतिबन्ध लगाएका छन्। ती मुलुकमा रहेको उनीहरूको सम्पत्ति रोक्का गरिएको छ। जसका कारण उनीहरू बर्बादीको दिशातर्फ छन्। र, युक्रेनमाथि ज्यादतीपूर्ण आक्रमणपछि रुसको अर्थतन्त्र नै धर्मराएको छ। यी हुन् ती अर्बपतिहरू :

एलिसर उस्मानोभ

पुटिनका अति विश्वास प्राप्त एलिसर उस्मानोभ विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक हुन्। उनको कुल सम्पत्ति करिब १७.६ अर्ब डलर छ। उस्मानोभमाथि अमेरिका, युरोपियन युनियन र बेलायतले प्रतिबन्ध लगाएका छन्।

रोमन इब्रामोभिच

फुटबल क्लब चेल्सीको सफलतापछि रोमन इब्रामोभिच हाई–प्रोफाइल अर्बपतिहरूको सूचीमा सामेल भए। उनीमाथि कुनै मुलुकले अहिलेसम्म प्रतिबन्ध लगाएका छैनन्। सम्भवतः उनी पुटिनका बाँकी निकटस्थ व्यापारीहरूमध्ये सबैभन्दा प्रभावशाली हुन्।

१२.३ अर्ब डलर कुल सम्पत्ति रहेका उनले गत बुधबार तीन अर्ब डलरमा आफ्नो चेल्सी फुटबल क्लब र लण्डनस्थित घर १.५ करोड पाउन्डमा बिक्री गर्न चाहेको बताएका छन्। प्रतिबन्ध नलाग्दा पनि उनी आर्थिक संकटबाट घेरिइसकेको प्रमाण हो यो।

ओलेग देरिपास्का

पुटिन सत्तामा आएको समयमै ओलेग देरिपास्का रुसका अत्यधिक धनी व्यक्तिमध्ये एक थिए। उनको कुल सम्पत्ति २.८ करोड डलर थियो। अहिले उनीसँग तीन अर्ब डलरबराबरको सम्पत्ति छ।

पुटिनसँग ओलेग देरिपास्का

अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाएको छ। उनी मनी लन्ड्रिङ, घूसखोरीलगायत अवैध गतिविधिमा संलग्न रहेको आरोप अमेरिकाले लगाएको छ।

आइगर सेचिन

पुटिनसँग आइगर सेचिन

युरोपियन युनियनले आइगर सेचिनमाथि २८ फेब्रुअरीमा प्रतिबन्ध घोषणा गरेको छ। उनी पुटिनका एक विश्वासपात्र व्यापारी हुन्। उनको कुल सम्पत्ति कति छ भन्ने यकिन जानकारी उपलब्ध छैन। अमेरिकाले उनीमाथि २४ फेब्रुअरीमा प्रतिबन्ध घोषणा गरेको छ। सन् २०१४ मा पनि अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाएको थियो।

एलेक्सी मिलर

पुटिनसँग एलेक्सी मिलर

एलेक्सी मिलर पनि पुटिनका निकटस्थ साथी मानिन्छन्। सन् २०१४ मा क्रिमियामाथि रुसले कब्जा गर्दा उनीमाथि प्रतिबन्ध लगाइएको थिएन। तर, सन् २०१८ मा अमेरिकाले आफूमाथि प्रतिबन्ध लगाउँदा मिलरले त्यसलाई गर्वको विषय भनेका थिए। उनको पनि कुल सम्पत्ति कति छ भन्ने यकिन छैन।

प्योट्र एभेन र मिखायल फ्रिदम्यान

युरोपियन युनियनले यी दुवै व्यापारीमाथि प्रतिबन्ध घोषणा गरेको छ। दुवै मिलेर रुसको सबैभन्दा ठूलो निजी बैंक अल्फा बैंक खडा गरेका हुन्। मिखायलसँग करिब १२ अर्ब डलरको सम्पत्ति भएको अनुमान छ। उनी लन्डनको लर्ड्स क्रिकेट मैदाननजिकको ठूलो बंगलामा बस्छन्। उनले सन् २०१६ मा ६.५ करोड पाउन्डमा उक्त बंगला खरिद गरेका थिए। यस्तै एभेनसँग ४.८ अर्ब डलरको सम्पत्ति भएको अनुमान छ।

शनिबार, फागुन २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.