काठमाडौं– नेपाली हास्यव्यङ्ग्यका हस्ती कलाकार तथा गायक हरिवंश आचार्यको नयाँ गीत ‘मुटु फस्या छ’ सार्वजनिक भएको छ। गीतमा देशको ब्याप्त बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ।
Advertisement
गीतमार्फत देशको नियती राखेको आचार्यले बताए। गीतमा आचार्यकै शब्द र संगीत रहेको छ जसलाई समीक्षा अधिकारीले पनि स्वरमा साथ दिएकी छन्।
म्युजिक भिडियोमा हरिवंश, प्रियंका कार्की, सरोज ओली र अन्जली अधिकारीलाई देखिन्छ। भिडियोको गम्भीर विष्टले निर्देशन गरेका छन् भने श्यामस्वेत रसाइलीले एरेन्ज छ।
म्युजिक भिडियो सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् भने कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका छन्।