काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिका १ लकान्द्रास्थित बाबुलाल बादीको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबुलालकी श्रीमती ४० वर्षीया हरिकला र १८ वर्षीय छोरा रमेश रहेका छन् ।
Advertisement
चुलोबाट आगो सल्किएर आगलागी हुँदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।