• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

मन्त्रिपरिषद्को बैठक बस्दै

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

एकसाथ तीन चलचित्र प्रदर्शनमा


    Avatar photo
शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित

काठमाडौं- आजदेखि तीन नेपाली चलचित्र ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ को सार्वजनिक प्रदर्शन गरिएको छ । महाशिवरात्रिलाई लक्षित गर्दै प्रदर्शनमा आएका तीनै चलचित्रको विधा भने फरक छ । सोही कारण पनि दर्शकले रोजाइअनुसारको चलचित्र हेर्न पाउने विश्वास निर्माण पक्षको छ ।

Advertisement

रेखा थापाले निर्माणसँगै अभिनय गरेको चलचित्र ‘उपहार’ मा काठमाडौँमा जीविकोपार्जनका लागि तीन महिलाले गर्ने सङ्घर्षको कथा देखाइएको छ । अभिनेत्री थापाले चिया बेचेर पनि स्वदेशमै आम्दानी गर्न सकिने सफलतालाई मुनाको पात्रमार्फत व्यक्त गरिएको बताए ।

‘चलचित्रका महिला पात्रले स्वरोजगारसँगै मेहनत र सङ्घर्षले प्राप्त हुने सफलतालाई दर्शाएका छन् । यसले विदेश मात्र विकल्प नभई स्वदेशमै गर्न सकिने व्यवसाय प्रति युवालाई आकर्षित गर्छ,’ अभिनेत्री थापाले भनिन्, ‘मैले महिलाको सक्षमतालाई पर्दामा ल्याएको छु । यो काठमाडौँमा आएर सपना देख्ने तीन महिलाको कथा हो ।’

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रमा पुजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजङ्ग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन र विनोद पौडेलले अभिनय गरेका छन् । चलचित्रमा विष्णु घिमिरे छायाङ्कन, मित्र गुरुङले सम्पादन, सुलक्षण भारतीले कथा लेखन, अभिमन्यू निरवी र माधव शर्माले पटकथा तथा संवाद लेखेका हुन् ।

आजैदेखि प्रदर्शन गरिएको चलचित्र ‘रङ्गेली’ मा बोर्डर छेउमा हुने आपराधिक घटनाक्रमलाई देखाइएको छ । अर्जुन सुवेदीले लेखनसँगै निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतले अभिनय गरेका छन् ।

चलचित्रले समाजमा बढिरहेको विकृतिलाई मुख्य विषयवस्तु बनाएको निर्देशक सुवेदीले बताए । ‘हामीले आपराधिक समूहको घटनाक्रम र त्यसले समाजमा परिरहेको प्रभावलाई चलचित्रको शैलीमा प्रस्तुत गरेका छौँ,’ उनले भने, ‘यसले मनोरञ्जनसँगै त्यसतर्फ आकर्षित भइरहेका युवालाई सचेत गर्छ । चलचित्रमा रङ्गेली र आसपासका मनोरम दृश्यलाई समेटेका छौँ ।’

अभिनेता राईले यसमा एक आपराधिक समूहको नेतृत्वकर्ताको भूमिका निर्वाह गरेका छन् । उनले धेरै समयपश्चात् यस किसिमको भूमिका निर्वाह गरेको बताए । ‘पैसा र शक्तिले एक सामान्य व्यक्तिको जीवनमा पार्ने प्रभाव र त्यसले निम्त्याउने घटनाक्रमले क्षणिक लाभ र दीर्घकालीन असरलाई मेरो पात्रले देखाउने प्रयास गरेको छ,’ अभिनेता राईले भने।

प्रदर्शन गरिएको चलचित्र ‘काँडेतार’ राष्ट्रियता र राजनीतिका विषयमा आधारित छ । नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको कथावस्तुमा चलचित्र निर्माण गरिएको निर्देशक तथा कलाकार नवल खड्काले जानकारी दिए।

उनले भने, ‘राष्ट्रवादी, चेतनामूलक एवं ऐतिहासिक विषयवस्तुमा चलचित्र निर्माण गरेका छौँ । यो राष्ट्रवादी धाराको एक सशक्त चलचित्र हो । नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने सन्देश चलचित्रले दिन्छ ।’

चलचित्रमा अभिनेता खड्कासँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदारलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई स्वयं निर्देशक खड्का र शिवम अधिकारीले लेखेका हुन्

 

शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु
मन्त्रिपरिषद्को बैठक बस्दै
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण
राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

भर्खरै

  • १.
    लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

  • २.
    मन्त्रिपरिषद्को बैठक बस्दै

  • ३.
    मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

  • ६.
    राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • ८.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.