• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

ज्ञानेन्द्रको समर्थनमा निस्केको जुलुस भन्दै म्याराथनको भिडियो भाइरल


    Avatar photo
शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित

काठमाडौं- सडकमा दर्जनौं मानिस दौडिरहेको दृश्य भएको भिडियो टिकटक, एक्सलगायत सामाजिक सञ्जालमा फैलिएको छ।

Advertisement

उक्त पोस्टमा भिडियोको दृश्य पूर्व राजाको समर्थनमा निस्केको जुलुसको भन्‍ने दाबी गरिएको छ। तर, हामीले गरेको तथ्य जाँचमा सो भिडियो गत १० फागुनमा धरानमा भएको म्याराथुन दौडको भिडियो भएको फेला परेको छ।

छोटो भिडियो क्लिपमा दुई जनाबीच यस्तो संवाद सुनिन्छ :

‘सर यो कहाँबाट आउनु भो ? यहींको मात्र हो कि कहाँबाट उपस्थिति छ यहाँ जनताको ?’

‘तपाईंले देखिरहनुभएको छ, लोकतन्त्र गणतन्त्र पूरै फेल भइसकेपछि अब राजस‌‌ंस्था नभइकन देश अगाडि बढ्न सक्ने भएन भन्‍ने लागिसकेपछि सबै जनताहरू सडकमा उत्रिनु त स्वाभाविक हो नि। त्यो हिसाबले गर्दाखेरी जनताहरू स्वतःस्फुर्त रूपमा। यो कुनै पनि मासुभात दिएर, कुनै पनि पैसा दिएर, कुनै प्रलोभन देखाएर यहाँ उपस्थिति भएको होइन।’

गत १२ फागुनमा @kapil_brother नामक टिकटक प्रयोगकर्ताले ‘अब के हुन्छ राजा आऊ देश बचाऊ भन्दै निस्किएको जनसागर’ भन्दै सो भिडियो सेयर गरेका थिए। त्यसको भोलिपल्ट उनले सोही भिडियो ‘१९ गते राजा ल्याउने भनेर हजारौं युवा उतारे प्रसाईंले। फेरि सिंह बनेर होमिए सडकमा दुर्गा प्रसाईं’ भन्दै टिकटकमा सेयर गरेका छन्। २७ हजारभन्दा बढी फलोअर भएका उनका ती पोस्ट हजारौंपटक हेरिएको छ।

सोही भिडियो १२ फागुनमा एक्समा @kiranjoshi235 नामक प्रयोगकर्ताले पनि सेयर गरेका छन्।

के हो त पूर्व राजाको समर्थनमा निस्केको जुलुसको भन्‍ने दाबी गरिएको भिडियोको वास्तविकता ?

हामीले उक्त भिडियोको स्क्रिनसट गुगल लेन्समा अपलोड गर्‍यौं। तर, त्यसमा उक्त भिडियो फेला परेन।

सत्यापनका क्रममा हामीले भिडियोमा देखिएको ‘धरान रन २०२४’ भन्‍ने शब्द र वरिपरिका दृश्यका आधारमा थप खोज्यौं। त्यस क्रममा सोही भिडियो न्यू इन्टरटेनमेन्ट च्यानल नामक युट्युब अकाउन्टले ‘धरान १० के रन हर्क साम्पाङ’ भन्दै गत १० फागुनमा सेयर गरेको पाइयो।

यस ’bout मा थप खोज्दा सो दौड प्रतियोगिता ’bout समाचार प्रकाशित भएको फेला पर्‍यो। धरानको कोशीपत्रका अनुसार १२ औं संस्करणको उक्त प्रतियोगितामा करिब ४ हजार धावक-धाविका सहभागी थिए। प्रतियोगितामा सहभागीलाई पुरस्कारसमेत दिइएको थियो। सो दौड प्रतियोगिताको भिडियो फेसबुक लाइभ र अन्य युट्युब च्यानलले पनि सेयर गरेको पाइयो।

तसर्थ, पूर्व राजाको समर्थनमा निस्केको जुलुसको भिडियो भन्‍ने दाबी गरिएको सामग्री भ्रामक छ।

(यो सामग्री नेपालचेक डट ओआरजीले तयार पारेको हो)

शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

भर्खरै

  • १.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • २.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ३.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ४.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ५.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ६.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ७.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ८.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.