काठमाडौं– अभिनेता प्रदीप खड्को अभिनय रहने हिन्दी भाषाको चलचित्र घोषणा भएको छ।
Advertisement
निर्माण युनिटले मंगलबार खड्काको मुख्य भुमिका रहने ‘ऐरी’ नामको हिन्दी फिल्मको पोस्टर र मोसन टिजर सार्वजनिक गरेको हो।
उक्त फिल्म प्रदिप खड्काको पहिलो हिन्दी भाषाको चलचित्र हुनेछ। जीवन थापाले निर्देशन गर्न लागेका चलचित्रको सार्वजनिक पोस्टरमा सिकारीको भेषमा रहेका प्रदीप र बाघको तस्बिर देखिन्छ।
‘ऐरी’ चलचित्र सुवास काले, रञ्जनकुमार गुप्ता र राजन कुँवरको संयुक्त लगानीमा निर्माण हुन लागेको हो।
२०२४ मा रिलिज हुने बताइएको उक्त फिल्म हिन्दीको अलावा दक्षिण भारतीय भाषाहरूमा समेत डबिङ हुने बताइएको छ।