• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

मानव तस्करीका यी तीन नेपाली ‘वादशाह’


बुधबार, असोज १०, २०८० मा प्रकाशित

काठमाडौं- तेस्रो मुलुकमा मानव तस्करीमा संलग्‍न हस्त गौतम २० भदौमा रुपन्देहीको बेलहियाबाट पक्राउ परे। उनी पक्राउ पर्दा प्रहरी त्यतिबेला आश्‍चर्यमा पर्‍यो, जब उनी शारीरिक अपांगता भएका व्यक्ति रहेको जानकारी मिल्यो।

Advertisement

रुकुमको साविक स्यालापाखा गाविस-९ नाथीगाड (हाल सिस्‍ने गाउँपालिका-४) मा जन्मेका हस्त अमेरिकाको टेक्सासमा बस्दै आएका थिए। लामो समयदेखि मानव तस्करी तथा बेचविखनमा नाइकेको भूमिकामा थिए उनी।

प्रहरीले हस्त पक्राउ परेको सार्वजनिक गरेलगत्तै उनीविरुद्ध उजुरीको ओइरो लाग्यो। शुरुमा केही व्यक्तिले काठमाडौंस्थित प्रहरीको मानव बेचविखन ब्युरोमा मौखिक उजुरी दिएका थिए। ब्युरोका डीएसपी ज्ञानबहादुर बिष्‍‍टका अनुसार उनीविरुद्ध हालसम्म ३० जनाले मौखिक र पाँचजनाले जिल्ला प्रहरी दाङमा लिखित उजुरी दिएका छन्।

पछिल्लो समय विभिन्‍न प्रलोभन देखाई नेपाली नागरिकलाई अमेरिका र युरोपेली मुलुक पठाइदिने भन्दै मानव तस्करले फन्दामा पार्ने क्रम बढ्दो छ। लाखौं रुपैयाँ तस्करहरूलाई बुझाएर रोजगारीको खोजीमा अवैध बाटो अमेरिका र युरोपेली मुलुक जान युवा पुस्ता लालायित देखिन्छ। त्यसरी अवैध बाटो अमेरिका हिँडेका युवाले महिनौं लगाएर विभिन्‍न मुलुक हुँदै पैदल, गाडी र जलमार्गबाट गन्तव्यमा पुग्‍ने कोशिस गर्छन्। तीमध्ये कतिपयले बाटोमै ज्यान गुमाउँछन्, कतिपय अपहरणमा परेर लाखौं बुझाएर मुक्त हुन्छन् त कतिपयलाई प्रहरीले फर्काउँछ।

पक्राउ परेका हस्तले अनेकौं प्रलोभन देखाई अमेरिका पठाइदिने भन्दै नेपाली युवालाई दुबई, थाइल्यान्ड, फिलिपिन्स, जाम्बिया, सिंगापुर, हङकङलगायत मुलुक र शहर पुर्‍याउने गरेका थिए।

को हुन् हस्त गौतम ?

उनी जन्मिँदा सामान्य थिए। ४ वर्षको उमेरमा पोलियोबाट ग्रसित भए। र, शारीरिक रूपमा अशक्त बने। हिँडडुल गर्न उनले वैशाखीको सहायता लिनुपर्ने भयो।

२०५० सालमा हस्त अपांग महासंघको सदस्य थिए। त्यही दौरानमा उनी प्यारा ओलम्पिक संस्थामा पनि आबद्ध थिए। यो संस्थामा सक्रिय रहेकै अवस्थामा उनले थुप्रै देश घुम्‍ने अवसर पाए। सन् १९९४ मा उनी प्यारा ओलम्पिक संस्थाको सचिवसमेत बने।

सचिवकै हैसियतमा हस्तलाई पहिलोपटक अमेरिका घुम्‍ने अवसर जुर्‍यो। त्यो समयमा उनी अमेरिकाको क्यालिफोर्निया, टेक्सासलगायत थुप्रै ठाउँ घुमे।

टेक्सासबाट मेक्सिको बोर्डर नजिक पर्छ। मेक्सिकोका नागरिकहरू कामको सिलसिलामा बिहानै टेक्सास आउने र दिनभर काम गर्ने अनि राति घर फर्कने गरेको हस्तले जानकारी पाए। मेक्सिकोसम्म जसोतसो आउन सके अमेरिका पुग्‍न सकिहालिने बुझेका उनको दिमागमा मानव तस्करीमा लाग्‍ने आइडिया फुर्‍यो। र, उनी आफ्नो भ्रमण सकेर नेपाल फर्के।

घर फर्केको केही वर्षपछि हस्तले बिहे गरे। त्यसपछि सन् २००५ मा उनी अवैध बाटो हुँदै वैशाखीको सहारामा अमेरिकाका लागि प्रस्थान गरे। त्यो समयमा उनी एक्लै अमेरिका गएका थिएनन्। श्रीमती र एक वर्षको छोरीलाई पनि साथै लिएर गएका थिए।

उनी अहिले आफूलाई अवैध बाटो हुँदै अमेरिका पुग्‍ने पहिलो नेपाली नागरिक दाबी गर्छन्। त्यो समयमा उनी मेक्सिको हुँदै अमेरिका छिर्न सफल भए पनि।

कसरी बने तस्कर गिरोहका नाइके ?

आफू अमेरिका प्रवेश गर्न सफल भएपछि हस्तले मोटो रकम लिएर अन्य नेपाली नागरिकलाई पनि अमेरिका लैजाने सोच बनाए। र, त्यसका लागि नेटवर्क बनाउँदै गए।

डीएसपी बिष्‍‍टका अनुसार अहिले उनको मातहतमा फरक-फरक देशमा पाँचजना एजेन्टले काम गरिरहेको अनुसन्धान क्रममा खुलेको छ। ती एजेन्टले नेपालबाट अमेरिकाका लागि हिँडेका व्यक्तिहरूलाई एकबाट अर्को देश पुर्‍याउन सहजीकरण गर्छन्।

अहिलेसम्म हस्तले अमेरिका पुर्‍याइदिने भन्दै ३०० सयभन्दा बढी नेपाली नागरिकबाट मोटो रकम असुलेको खुलेको छ। गत साउनमा एकैपटक  हस्तविरुद्ध ब्युरोमा पाँचवटा उजुरी दर्ता भएका थिए। त्यसअघि ब्युरोमा उनीविरुद्ध उजुरी दर्ता भएको थिएन।

उजुरी दर्ता भएको एक साता नबित्दै अनुसन्धानकै क्रममा काठमाडौंमा हस्तले फ्ल्याट नै लिएर अवैध धन्दा चलाइरहेको खुल्यो। अवैध बाटो अमेरिका जान चाहने युवालाई उनी सोही फ्ल्याटमा राख्‍ने गर्थे। नेपालमा हस्तको एजेन्टका रूपमा पोखराका कमल तामाङले उक्त फ्ल्याटमा मानिसहरूलाई राख्‍ने र बाँकी प्रक्रिया अघि बढाउँदै आएका थिए।

७ साउनमा ब्युरोले कमललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। अवैध रूपमा मानव तस्करी र बेचविखनमा सक्रिय हस्त सन् २००५ पछि नेपाल फर्केका थिएनन्। उनका एजेन्ट कमल पक्राउ परेपछि ब्युरोलाई हस्तबारे थप अनुसन्धान गर्न सहज भयो।

हस्त मानव तस्करीकै सिलसिलामा दिल्ली आएका थिए। त्यो सूचना ब्युरोले प्राप्त गर्‍यो। र, ब्युरोका डीएसपी बिष्‍‍ट उनलाई पछ्याउँदै नयाँदिल्ली पुगे। गोप्य स्रोतबाट हस्त नेपाल फर्कंदै गरेको खुलेपछि बिष्‍‍ट उनलाई पछ्याउँदै २० भदौमा रुपन्देहीको बेलहिया नाका आइपुगे। र, त्यहींबाट उनलाई नियन्त्रणमा लिए।

४ असोजमा हस्तविरुद्ध अदालतमा ब्युरोले मुद्दा दर्ता गरेको छ। उनलाई अदालतले ८ असोजमा पुर्पक्षका लागि कारागार चलान गरेको छ।

०००

हस्तजस्तै शारीरिक अपांगता भएका व्यक्ति हुन्, राजेन्द्र खड्का। र, उनी पनि हस्तजस्तै मानव तस्करीमा संलग्‍न छन्। उनी ह्विलचेयरको सहायताबाट हिँडडुल गर्छन्। खड्काविरुद्ध पनि करिब डेढ वर्षअघि मुद्दा चलेको थियो।

४४ वर्षीय राजेन्द्रको कम्मरमुनिको भाग चल्दैन। उनी पनि छिटो पैसा कमाउने ध्याउन्‍नमा मानव तस्करीमा लागेका व्यक्ति हुन्। तीन वर्षअघि आकर्षक रोजगारीको प्रलोभन देखाई बेल्जियम पठाइदिने भन्दै राजेन्द्रले लमजुङकी २५ वर्षीया युवतीबाट आठ लाख ५४ हजार रुपैयाँ असुलेका थिए। राजेन्द्रले ती युवतीलाई भैरहवा नाकाबाट भारतको कोलकाता हुँदै थाइल्यान्डको बैंकक पुर्‍याएका थिए।

राजेन्द्रले भनेअनुसार ती युवती बैंककबाट कम्बोडिया पुगिन्। तर, बेल्जियम जान सक्ने अवस्था नबनेपछि उनी पुनः बैंकक फर्किइन्। बैंककमा राजेन्द्रको कोठा थियो। कोठामा राजेन्द्रका भारतीय साथी पनि थिए। त्यहीं उनी राजेन्द्रद्वारा यौन हिंसामा परिन्। एक वर्षपछि जसोतसो ती युवती नेपाल फर्किन सफल भइन्। र, आएर राजेन्द्रविरुद्ध मानव बेचविखन तथा अनुसन्धान ब्युरोमा उजुरी दर्ता गरिन्।

सोही जाहेरीका आधारमा प्रहरीले राजेन्द्रलाई ०७८ सालमा तिलगंगास्थित वालिट इन होटेलबाट पक्राउ गरेको थियो। राजेन्द्रले मानव बेचविखन धन्दाबाटै आर्जन गरेको धनले बैंककमा ठूलो कपडा पसल सञ्‍चालन गरेको पनि अनुसन्धानमा खुलेको छ।

ब्युरोका अनुसार राजेन्द्रले क्यानाडा लैजाने प्रलोभनमा महेन्द्र दवाडी र विमल थापालाई पनि ठगेका थिए। दवाडीसँग ३५ लाख र थापासँग १८ लाख रुपैयाँ असुलेका थिए। उनीहरूलाई राजेन्द्रले मलेसिया पुर्‍याएर अलपत्र पारेका थिए।

०००

उनीहरू जस्तै मानव बेचविखनमा जोडिएका अर्का व्यक्ति हुन्, सुदर्शन गौतम। उनी नेपाली सिनेमा ‘हिम्मतवाली’मा मुख्य अभिनेताको भूमिकामा देखिएका थिए।

सुदर्शन पनि शारीरिक अपांगता भएका व्यक्ति हुन्। दुईवटै हात नभएका सुदर्शनले नेपालबाट विभिन्‍न मुलुक हुँदै अमेरिकामा पुर्‍याउने भन्दै लाखौं असुलेको उजुरीका आधारमा उनीविरुद्ध ०७५ सालमै मुद्दा दर्ता भएको छ।

हाल सुदर्शन क्यानाडामा बस्दै आएका छन्। ०७४ सालमा पनि उनी अमेरिका लैजाने भन्दै ठगी गरेको विषयमा विवादमा तानिएका थिए।  त्यो समयमा फिल्मको सुटिङका नाममा सुदर्शनले तीनजना नेपाली युवतीलाई हाइटी लगेको खुलेको थियो।

हाइटी हुँदै समुद्री बाटो भएर उनीहरूलाई अमेरिका पुर्‍याउने उनको योजना थियो। तर, उनीहरू सवार पानीजहाज बिग्रिएर समुद्री छालको बहावसँग बग्दै बहामास भन्‍ने देशमा पुग्यो। र, उक्त पानीजहाजलाई त्यहाँका सुरक्षा गार्डले नियन्त्रणमा लिए। पानीजहाज नियन्त्रणमा परेसँगै तस्करीको यो घटना सार्वजनिक भएको हो। त्यहाँबाट अमेरिकी दूतावासको सहयोगमा नेपाली युवतीहरू आफन्तलाई सम्पर्क गरी नेपाल फर्किएका हुन्।

ती युवतीहरूले दिएको उजुरीकै आधारमा सुदर्शन गौतमको समेत संलग्‍नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरी उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्राष्‍ट्रिय प्रहरी संगठन (इन्टरपोल) लाई पत्राचारसमेत गरेको छ।

तर, अहिलेसम्म गौतम क्यानाडामै छन्। उनले त्यहाँको पीआर पनि पाइसके। तर, अहिलेसम्म प्रहरीले उनलाई नियन्त्रणमा लिन सकेको छैन। सुदर्शनलाई ब्युरोले मोस्ट वान्टेडको सूचीमा राखेको छ।

बुधबार, असोज १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.