• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

भूकम्पपछि अलपत्र पर्‍याे राणाकालीन दरबार ‘श्रीमहल’


मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित

ललितपुर– ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ। विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको श्रीमहल आठ वर्ष बितिसक्दा पनि अझै पुनः निर्माण हुन सकेको छैन।

Advertisement

झ्याल तथा ढोका फुटेका र पर्खालमा चिरा परेको श्रीमहल कुन दिन ढल्छ भन्ने पत्तो छैन। संरक्षणको अभावले वरिपरी उम्रिएका घाँसहरुले भवनलाई घेरेका छन्। छेउका बोटबिरुवाहरु बढेर श्रीमहल नै ढाक्न थालेका छन्।

राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले छोराहरुका लागि निर्माण गरेको श्रीमहलमा भूकम्पअघि स्थानीय विकास मन्त्रालय थियो। त्यसको केही समयपछि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको कार्यालय सञ्चालन भएको थियो। भूकम्पपछि स्थानीय पूर्वाधार विभाग श्रीमहल छेवैको भवनमा सरेको छ।

भूकम्पपछि जीर्ण बन्दै गएको श्रीमहल पुनःनिर्माणका लागि २०७५ सालमा तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बोलपत्रसमेत आह्वान गरेको थियो। तर, पछि प्राविधिक त्रुटि देखाउँदै हात झिकेको थियो। आफैँ निर्माण गर्छौं भनेर जिम्मा लिएको स्थानीय पूर्वाधार विभागले पनि काम गर्न नसकेपछि अहिले सहरी विकास तथा भवन निर्माण विभागलाई सुम्पिएको छ।

स्थानीय पूर्वाधार विभागका उपसचिव प्रेमप्रसाद लुइँटेलका अनुसार चालु आर्थिक वर्षदेखि श्रीमहल पुनःनिर्माणको जिम्मा सहरी विकास तथा भवन निर्माण विभागले लिएको छ। “श्रीमहल पुनःनिर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागलाई कागजात हस्तान्तरण गरेका छौँ। श्रीमहल पहिलेकै संरचनामा निर्माण हुने सहमति भएको छ” उनले भने।

हाल चारैतिरको भाग जीर्ण देखिएको श्रीमहलको परिसरमा पर्खाल भत्केर झरेका इँटा छरिएका छन्। भवन भूतबङ्गला जस्तै भएको छ। श्रीमहल परिसरमा आदिवासी जनजाति आयोग, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनालगायत अन्य सरकारी कार्यालयका भवन छन्।

मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.