काठमाडाैं– काठमाडाैं महानगरपालिकाले ऋषि पञ्चमीका दिन बिदा नभएकाे बताएकाे छ।
Advertisement
महानगरले हिजाे एक सूचना निकालेर उक्त दिन विदा नरहेकाे बताएकाे हाे। महानगरकाे भित्ते पात्रोमा ऋषि पञ्चमीका दिन महिला कर्मचारीहरूलाई बिदा भन्ने उल्लेख छ।
“काठमाडाैं महानगरपालिकाबाट प्रकाशित २०८० सालकाे भित्ते पात्रोमा मिति २०८० असाेज २ गते मंगलबार ऋषि पञ्चमीका दिनमा महिला कर्मचारीहरूलाई बिदा भनि उल्लेख भएकाे भएतापनि उक्त दिन बिदा नभएको व्यहाेरा सम्वन्धित सबैमा जानकारी गराइएकाे छ” आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले सूचना निकालेर जानकारी गराएकी छन्।
