• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

नेम्वाङ: निधनको अघिल्लो दिन पनि कानून निर्माणमै व्यस्त


बुधबार, भदौ २७, २०८० मा प्रकाशित

काठमाडौं-   हृदयाघातबाट निधन हुनु एक दिन अघिसम्म संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ शान्ति प्रक्रियासँग जोडिएको कानून निर्माणका क्रममा व्यस्त रहेका थिए ।

Advertisement

प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गठित उपसमितिलाई सहमतिका साथ कानूनी र राजनीतिक सहमति जुटाउने सवालमा सांसद नेम्वाङले एक प्रकारले अगुवाइ गर्दै आएका थिए ।

उक्त विधेयकमा सहमति खोज्न गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भएको थियो । द्वन्द्वकालीन हिंसात्मक घटनामा गम्भीर अपराधका मुद्दालाई माफी मिनाह दिने या नदिनेलगायतका विषयमा दलबीच मतैक्य हुन सकेको छैन ।

यही भदौ २४ गते आइतबार सिंहदरबारस्थित समितिकै कार्यकक्षमा उपसमितिको अनौपचारिक बैठकमा सहभागी भई नेम्वाङले विधेयकका कानूनी पक्षमा आएका संशोधन र सुझावलाई समेटेर प्रतिवेदन बनाउन आफ्नो सुझाव दिनुभएको थियो । त्यसको अघिल्लो दिन उहाँ एमाले निकट राष्ट्रिय युवा सङ्घको कार्यक्रममा सहभागी भई धरानबाट फर्केका थिए ।

उक्त अनौपचारिक बैठकमा सहभागी जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झा (ठाकुर) ले त्यस दिन सुवास नेम्वाङसँग रमाइलो ढङ्गले कुराकानी भएको स्मरण गर्दै भने, ‘मैले दाइ कुन चिया खाने भनेँ । उहाँले अलि रुघा लागेको छ, चिया खाएपछि दूध हालेकै खाउँ भन्नुभएको थियो ।’ नेम्वाङले आफूलाई उच्च रक्तचाप र चिनीरोग भएको पनि सदस्यलाई अवगत गराएका थिए ।

उपसमितिका सदस्यबीच यही भदौ २५ गते सोमबार पनि उक्त विषयमा छलफल गर्ने कुरा भएअनुसार सभापति विमला सुवेदीसहित सदस्य उपस्थित भइसकेका थिए । सुवास नेम्वाङ नआइपुगेपछि सभापति सुवेदीले फोन गर्दा नेम्वाङले बिरामी भएर घरमा आराम गरिरहेको जवाफ दिँदा झाले ‘सुनाइमा गल्ती भयो होला, हिजो मात्रै यहीँ भेटेको बिरामी होइन होला, विराटनगरबाट अस्ति फर्किएको भन्नुभएको होला’ भनेर सम्झाएको सुनाए । जसपामा आउनुअघि नेम्वाङकै पार्टी एमालेबाट सांसद भई विगतमा प्रतिनिधिसभाको शिक्षा समितिको सभापति रहेका झाले यही भदौ २६ गते मङ्गलबार बिहानै नेम्वाङको निधन भएको खबर सुन्दा आफू निकै दुःखी र आश्चर्यमा परेको बताए ।

उक्त विधेयक गत फागुन २५ गते सङ्घीय संसद्मा दर्ता भएको थियो । समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानको नेतृत्वमा विधेयकबारे प्रतिवेदन तयार गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिका समितिका सदस्य सचिव अधिराज राईका अनुसार भदौ २४ गतेको अनौपचारिक बैठकमा नेम्वाङले उपसमितिका सदस्यलाई एक प्रकारले मार्गदर्शन दिई प्रतिवेदन तयारीको गृहकार्यमा केही सदस्यलाई अलि समय दिन आग्रह गरेका थिए । नेम्वाङले विधेयकलाई सहमतिका आधारमा टुङ्गोमा लानुपर्ने र आफू त्यसका लागि तत्पर रहने स्पष्ट गरेको राईले जनाए ।

अनौपचारिक बैठकमा उपसमिति संयोजक प्रधान, एमालेका महेश बर्ताैला, नेकपा (माओवादी केन्द्र) का पूर्णबहादुर घर्ती, नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार, जसपाका झा, जनमत पार्टीका गोमालाभ सापकोटा सहभागीता थियो । वीपी साहित्य महोत्सव सञ्चालन भइरहेका कारण नेपाली कांग्रेसका रमेश लेखक भने भदौ २४ गतेको बैठकमा उपस्थित भएका थिएनन् ।

बुधबार, भदौ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.