काठमाडौं- दाङ बंगलाचुली गाउँपालिका-३ तापा घर भई घोराही उपमहानगरपालिका-४ गोग्ली बस्ने ४८ वर्षीय श्रीधर बिकको साइकलबाट लडेर शुक्रबार बिहान मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१७ स्थित भैसाही चोकमा साइकलबाट लडेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको हो ।
Advertisement
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१२ साँगाचोक बजारमा बा.५ ख ६७९० नम्बरको टिपरको ठक्करबाट बाह्रबिसे नगरपालिका-७ नाकपुच्चे घर भई चौतारा साँगाचोक गढी नगरपालिका-१२ स्थित जन जागृत माबिमा अध्ययनरत ८ वर्षीया बेली बिकको मृत्यु भएको छ । सोही माविको होस्टेलमा बस्ने उनको बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।