जनकपुरधाम– जनकपुरधाममा क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका एक महिला र एक पुरुषलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका छन्।
Advertisement
आज बिहान ८ बजे जनकपुरको परिक्रमा रोड बल्बा टोल नजिकै जनकपुर ट्रमा सेन्टर हस्पिटल नजिकै कृश्चियन धर्म सच्चाइ केन्द्रको प्रचार गरिरहेकाे अवस्थामा हिन्दू सम्राट सेना नेपालका अमित राउतकाे नेतृत्वका युवाहरुले उनीहरूलाई कालाेमाेसाे दलेका हुन्।
सच्चाइ केन्द्रको प्रचार गर्ने महिला-पुरुषकाे परिचय खुलाइएकाे छैन। अहिले उनीहरू दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले बताएकाे छ।