काठमाडौं– वीर अस्पतालको नयाँ सर्जिकल भवनको छैटौं तलाबाट खसेर एक जनाको मृत्यु भएको छ।
Advertisement
अस्पतालको सीसीटीभी फुटेजमा आइतबार राति २ बजेतिर भवनबाट खसेको देखिएका एक पुरुषकाे घटनास्थलमै मृत्यु भएकाे अस्पतालले बताएकाे छ।
ती पुरुषले बिरामी कुरूवा भनेर अस्पताल प्रवेश गरी छैटौं तलामा रहेको खुला स्थानबाट हामफालेको देखिएको अस्पतालले बताएकाे छ।
अन्दाजी ४० वर्षका देखिन्छन्। उनकाे पहिचान खुल्न सकेकेा छैन। उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको प्रहरीले बताएकाे छ।