काठमाडौं- अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ ५ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा तोकिएको छ।
नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४२ रुपैयाँ २८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ९३ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६६ रुपैयाँ २५ पैसा र बिक्रीमा १६७ रुपैयाँ १ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८५ रुपैयाँ २० पैसा र बिक्रीमा ८५ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ५१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५७ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ५१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९५ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ३ पैसा र बिक्रीमा ९ रुपैयाँ ७ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १८ पैसा र बिक्रीमा १८ रुपैयाँ २७ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ २० पैसा र बिक्रीमा ३५ रुपैयाँ ३६ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ २२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३८ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ४१ पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ २ पैसा र बिक्रीतर्फ १० रुपैयाँ ६ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२८ रुपैयाँ ३९ पैसा र बिक्रीमा ४३० रुपैयाँ ३३ पैसा तथा बहराइनको दिनार खरिदमा ३५० रुपैयाँ २८ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ८८ पैसा तय गरिएको छ।