• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

विश्‍व घटना : गुगलको स्थापना


    Avatar photo
सोमबार, भदौ १८, २०८० मा प्रकाशित

काठमाडौं- आज ४ सेप्टेम्बर। विश्‍व इतिहासका विभिन्‍न परिघटनाले आजको दिनलाई सम्झाउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् २००२- केली क्लाक्सन पहिलो अमेरिकी आइडल

गायक, रचनाकार तथा ग्रामी अवार्ड विजेता केली क्लाक्सन अमेरिकन आइडलको पहिलो विजेता बनेकी थिइन्। उक्त अमेरिकी टेलिभिजन रियालिटी सोलाई र्‍यान सिक्रेस्ट र ब्रायन डंकलम्यानले होस्ट गरेका थिए। यस्तै, पाउला अब्दुल, सिमोन कोवेल र र्‍यान्डी ज्याक्सन जज थिए। उक्त लोकप्रिय रियालिटी सोलाई फक्स टेलिभिजन नेटवर्कले प्रसारण गरेको थियो। हालसम्म यसको १४ वटा सिजन सम्पन्‍न भएको छ।

– सन् १९९८- गुगलको स्थापना

संसारभर लोकप्रिय इन्टरनेट कम्पनी गुगल आजकै दिन स्थापना भएको थियो। स्थापनाको २५ वर्षे इतिहासमा गुगल अहिले सूचना प्राप्त गर्ने भरपर्दो अनलाइन प्लेटफर्म बनेको छ। गुगलको सिर्जना ल्यारी पेज र सर्गेई ब्रिनले गरेका हुन्। अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्यानफोर्ड युनिभर्सिटीमा डक्टरल विद्यार्थी रहेका पेज र ब्रिनले आफ्नो रिसर्च प्रोजेक्टमार्फत गुगल स्थापनाको खाका कोरेका थिए।

– सन् १९९८- को बन्‍न चाहन्छ करोडपति बेलायतबाट शुरु

लोकप्रिय क्‍विज गेम सो ‘को बन्‍न चाहन्छ करोडपति’ बेलायतमा आजकै दिन शुरु भएको थियो। अहिले यस्तै क्‍विज गेम सो भारतलगायत मुलुकमा लोकप्रिय छन्। छोटो समयमा तीव्र गतिमा कठिन प्रश्‍नहरूको जवाफ दिएर नगद पुरस्कार जित्‍नु यस सोको मुख्य उद्देश्य हो। डेभिड ब्रिग्स, माइक ह्वाइटहिल र स्टिभन नाइटले बेलायतमा यसको शुरुवात गरेका थिए। आईटीसी टेलिभिजनले यसलाई प्रसारण गरेको थियो। क्रिस टेरेन्टले सन् २०१४ सम्म ब्रिटिस संस्करणको होस्ट गरेका थिए।

– सन् १८८८- कोडाक कम्पनी स्थापना

प्रिन्टिङ एन्ड इमेजिङ कम्पनी कोडाक १३५ वर्षअघि आजकै दिन स्थापना भएको हो। यसलाई इस्टम्यान कोडाक कम्पनीका नामबाट पनि चिनिन्छ। जर्ज इस्टम्यानले यसको स्थापना गरेका हुन्। रिलवाला क्यामेराको प्याटेन्ट राइट पनि आजकै दिन इस्टम्यानले प्राप्त गरेका थिए। कोडाक स्थापनापछि फोटोग्राफीको आयाम नै बदलिएको थियो।

– सन् १८७०- फ्रान्सका सम्राट नेपोलियन थर्ड सत्ताच्युत

फ्रान्सका प्रथम निर्वाचित राष्‍ट्रपति नेपोलियन थर्डलाई आजकै दिन सत्ताच्युत गरिएको थियो। शुरुमा राष्‍ट्रपति निर्वाचित भएका उनले सन् १८५२ मा आफूलाई सम्राट घोषणा गरेका थिए। फ्रान्को-पर्सियन युद्धमा आत्मसमर्पण गरेको आरोप लगाउँदै उनलाई सत्ताबाट हटाइएको थियो। सत्ताच्युत भएपछि उनी इंग्ल्यान्डमा निर्वासित भएका थिए। त्यहीं उनको ९ जनवरी १८७३ मा मृत्यु भएको थियो।

सोमबार, भदौ १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ

भर्खरै

  • १.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • २.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ४.
    टिपरको ठक्करबाट मृत्यु

  • ५.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ६.
    कारागारबाट फरार माझी पक्राउ

  • ७.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ८.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.