काठमाडौं- गायक मिलन परियारको स्वरमा रहेको कवाली शैलीको गीत ‘जमाना छ मोबाइलको’ सार्वजनिक भएको छ।
प्रेम रामदामको शब्द, संगीतमा रहेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका छन्। तीव्र गतिमा प्रविधिको विकास भएसँगै मोबाइल फोनका प्रयोगकर्ताहरू बढेका छन् । सञ्चारले एकातिर सुविधा थपेको छ भने अर्कोतिर विकृति बढाएको छ ।
विभिन्न घटनामा मोबाइलको दुरुपयोगकै भूमिका हुने गरेको छ । यही कथावस्तुमा आधारित रहेर यस गीतको भिडियो निर्माण गरिएको हो।
भिडियोमा सुजनराज शिवाकोटी, पृथ्वी बोहरा, रेगन प्रसाई, गीता बस्नेत, विक्रम धिमाल र अल्बिना मगरको अभिनय छ। गोपाल नेपालीले छायांकन गरेको भिडियोलाई तिलक रिजालले सम्पादन गरेका छन्।
पेमा लामाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘गोलो प्रोडक्सन’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।
Advertisement