• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

मन्त्रिपरिषद्को बैठक बस्दै

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

‘गोर्खा वारियर’लाई बेलायती प्रधानमन्त्रीको शुभकामना


बुधबार, भदौ ०६, २०८० मा प्रकाशित

काठमाडौं– नेपाली चलचित्र ‘गोर्खा वारियर’ लाई बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पत्रमार्फत सफलताको शुभकामना दिएका छन्।

Advertisement

२४ भदौमा त्यहाँको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा विशेष प्रदर्शनी (वर्ल्ड प्रिमियर) गर्न लागिएको चलचित्र हेर्न कार्यव्यस्तताको कारण उपस्थित हुन् नसके पनि गोर्खालीका विषयमा चलचित्र बन्नु गौरवको विषय रहेको उनले पत्रमा उल्लेख गरेका छन्।

“बहादुर गोर्खा सैनिकको वीरता, त्याग र समर्पणबारे बनेको चलचित्रको विषयमा थाहा पाउँदा म हर्षित छु। निम्तोका लागि हार्दिक धन्यवाद। म प्रिमियर समारोहमा उपस्थित हुन असमर्थ छु। प्रिमियर सो र चलचित्र सफलताको शुभकामना दिन चाहन्छु। पत्रका लागि धन्यवाद”, प्रधानमन्त्री सुनकले पठाएको पत्रमा उल्लेख छ।

बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटका तर्फबाट १७ अगस्टमा सांस्कृतिक मामिलामन्त्री डेनिम गोलिङलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुनकले उक्त पत्र लेख्नुभएको हो। केही समय अगाडि निर्माता तथा निर्देशक मिलन चाम्सले सांस्कृतिक मामिलामन्त्री गोलिङमार्फत प्रधानमन्त्रीलाई विशेष प्रदर्शनीमा सहभागी हुन निम्तो पठाएका थिए।

बेलायतका प्रधानमन्त्रीबाट सम्बोधन भएको जानकारी दिन पाउँदा खुसी लागेको उनकाे प्रतिक्रिया छ। “नेपाली चलचित्रमा संभवत् उहाँले पहिलो पटक सम्बोधन गर्नुभएको हो। गोर्खालीको विषयमा चलचित्र बनेको थाहा पाएपछि बेलायतमा हामीलाई प्राप्त भइरहेको प्रतिक्रियालाई शब्दमा व्याख्या गर्न सकिदैन। नेपालीको विषयलाई यसअगाडि हामीले अन्तर्राष्ट्रिय बजारमा यति बलियोसँग पहिले प्रस्तुत गर्न सकेका थिएनौँ।” निर्देशक चाम्सले भने।

निर्देशक चाम्सले ‘गोर्खा वारियर’मार्फत अन्तर्राष्ट्रिय बजारमा भइरहेको चर्चाले समग्र नेपाली चलचित्रलाई टेवा पुग्ने विश्वास रहेकाे बताए। “हामीले हलिउडका चलचित्रको प्रिमियर हुने चलचित्र भवनमा सोही शैलीमा गर्ने प्रिमियरमा लण्डनमा नेपाली चलचित्रको बारेमा चर्चा हुनेमा दुईमत छैन। अब हामीले हाम्रो वीरताको कथा भन्नुपर्छ, त्यसमा चलचित्र बन्नुपर्छ”, उनले भने।

युद्ध विधामा बनेको यस चलचित्रमा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आवद्ध गोर्खा सैनिकका लडाइँबारे देखाइएको छ। नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारकाे अभिनय छ।

बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु
मन्त्रिपरिषद्को बैठक बस्दै
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण
राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

भर्खरै

  • १.
    लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

  • २.
    मन्त्रिपरिषद्को बैठक बस्दै

  • ३.
    मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

  • ६.
    राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • ८.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.