• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा


    Avatar photo
बुधबार, भदौ ०६, २०८० मा प्रकाशित

नवलपरासी (बर्दघाट सुस्तापूर्व) हुप्सेकोट गाउँपालिका–५ बागखोरकी २८ वर्षीया दिलमाया सोमै मगर झरी परेको दिन निदाउन सक्नुहुन्न । दुई वर्षअघिको पहिरोसँगै आफू बस्दै आएको गाउँ नै भासिएपछि उहाँसहित १८ घरपरिवार पूर्णरूपमा विस्थापित भएको त्रासदीपूर्ण दिनको सम्झाना अझै बल्झिरहेको छ । पहिरोपछि गाउँपालिकाले उद्धार गरेर विस्थापितलाई सुरक्षित स्थानमा राख्यो । तर अस्थायी शिविरमा आएपछि सुत्केरी हुनुभएको दिलमायालाई आजभोलि तिनै विपद्का दिनसँगै सन्तान हुर्काउने चिन्ताले सताउने गरेको छ ।

Advertisement

“विस्थापित भएको दुई वर्ष भइसक्यो, दैनिकी कष्टपूर्ण बनेको छ”, उहाँले भन्नुभयो “यहीँ आएर सुत्केरी भए बच्चा पनि यहीँको भुइँमा हुर्किएर दुई वर्षको भइसक्यो । तर हाम्रो स्थायी बासको टुङ्गो लाग्न सकेन ।”

सोही स्थानका खेमबहादुर सोमै मगरले १३ रोपनी जग्गासहितको घर, खेतबारी अनि घाँस–दाउरा गरेका दिन सम्झना आइरहने बताउनुभयो । “एकै रातको पानीले जमिन भासिने र पहिरो जाने भएपछि गाउँपालिकाले उद्धार गर्दा ज्यान त बाँच्यो अब कसरी बाँच्ने भन्ने चिन्ता रहेको छ”, उहाँले भन्नुभयो ।

प्राकृतिक विपत्तिले निम्त्याउने विविध समस्याको उच्च जोखिममा पर्ने हुँदा पहाडी र नदीतटीय क्षेत्रका बासिन्दालाई वर्षाको समयमा धेरै चिन्ताले सताउने गर्दछ । दुई वर्षदेखि अस्थायी टहरामा बस्दै आएका हुप्सेकोटका पहिरो प्रभावित भने सरकारले दिगो व्यवस्थापन गरिदिने प्रतिक्षामा छन् ।

विसं २०७८ असार २४ गते पहिरोले विस्थापित भएका घरपरिवारको यत्तिका समयसम्म पनि स्थायी बसोबासको टुङ्गो लाग्न सकेको छैन । पहिराका कारण पूर्णरूपमा विस्थापित भएपछि विद्यालय र सामुदायिक भवन हुँदै अहिले दुई कठ्ठाको सानो चौरभित्र १८ घरका बासिन्दा अटाइनअटाइ बसेका छन् । एकातिर दुर्गन्ध, अर्कातिर गाउँबासको चिन्ता, बालबालिकालाई हावापानी र सर्पको टोकाइबाट जोगाउनु चुनौतीमाथि चुनौतीको चांङ थोपरिएको यहाँका बासिन्दा वर्षात् र झरीमा झन् आत्तिने गरेका छन् ।

अहिले उनीहरू हुप्सेकोट–१ जुकेपानीको एउटा सानो चौरमा बस्दैआएका छन् । हुप्सेकोटले निर्माण गरिदिएको अस्थायी घरमा उनीहरू आश्रय लिइरहेका छन् । विस्थापित १८ घरपरिवारको दैनिकी अहिले ज्याला मजदुरी गरेर बितेको छ । ब्लक र टिन लगाइएको एक–एक कोठा र एउटा टेन्ट उनीहरूको बास काट्ने थलो भएको छ । बिहान–बेलुकाको छाक ज्याला मजदुरीकै भरमा काटे पनि यो बर्खा कसरी काट्ने चिन्ता उनीहरूमा छाएको छ । गत वर्ष पनि टेन्टकै भरमा खाली चौरमा जाडो काटेका उनीहरूलाई अहिले पनि टेन्ट सानो टहरो र खाली चौरमै काट्नुपर्ने बाध्यता छ ।

यो झरीमा खासगरी सुत्केरी महिला र ज्येष्ठ नागरिकको हेरचाहमा समस्या हुने गरेको तिलबहादुर सोमै मगरले बताउनुभयो । “सानो एउटा कोठाभित्र आठदेखि १०–१२ जनाको परिवार बस्नुपर्ने बाध्यताले अहिले पिरोलिरहेको छ”, उहाँले भन्नुभयो “पहिरोपीडितको एउटै चाहना छ– कुनै एक ठाउँमा लगेर स्थायी बसोबासको व्यवस्था मिलाइदिए हुन्थ्यो ।”

उनीहरु बस्दै आएको गाउँमा प्रतिघर एकदेखि तीन बिघा जमिन थियो । अहिले ती जमिनमात्र खोसिएन बस्ने बास पनि खोसिएको छ । अरुको जग्गामा शरण लिएर बस्नुपरेको छ । पहिरोपीडितको एउटै स्वर छ– पहिराले विस्थापित भएपछि पुनः गाउँ फर्किएर जान सक्ने अवस्था छैन । विस्थापतिलाई अहिलेसम्म गाउँपालिकाले व्यवस्थापन गर्दै आएको छ । तर स्थायी व्यवस्थापनका लागि सङ्घीय र प्रदेश सरकारले पहल गर्नुपर्ने हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।

बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.