तेह्रथुम -फेदाप गाउँपालिका-१ महभिर बस्ने ५२ वर्षीय अम्मर बहादुर बस्नेतको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
Advertisement
रुखमा चडेर घाँस झार्ने क्रममा रुखको हाँगा विद्युतको तारमा अल्झिदा करेन्ट लागेर उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम र प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।