• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने


    Avatar photo
बुधबार, साउन ३१, २०८० मा प्रकाशित

काठमाडौँ, ३१ साउन : रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरी विदेशमा बस्ने केही गैरआवासीय नेपालीहरूले अष्ट्रेलियाली कम्पनीको सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण स्वामित्व लिई नयाँ व्यवस्थापनका साथ उक्त टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागिएको जानकारी दिइएको छ ।

Advertisement

यसअघि टाइगर प्यालेस रिसोर्ट अष्ट्रेलियाली कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले लगानी गरी सञ्चालन गर्दै आएको थियो । सो अष्ट्रेलियाली कम्पनीले यो रिसोर्ट सञ्चालन गर्न तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब रु पाँच अर्ब लगानी गरेको समेत उक्त पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिब एक हजार नेपालीले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ ।

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि अष्ट्रेलियाली कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएका सबै शेयर खरिद गरी नयाँ व्यवस्थापनका साथ रिसोर्ट सञ्चालनमा ल्याइएको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमार्फत सिल्भर हेरिटेज लिमिटेडमा भएको अष्ट्रेलियाली कम्पनीको सबै शेयर खरिद गरेको हुँदा टाइगर प्यालेस रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमा हस्तान्तरण हुन आएको सञ्चालक दीपकदत्त गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “अब नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेका छौँ, विदेशिएका हामी नेपालीले आफ्नो जन्मभूमिप्रतिको दायित्वबोध गरी यो बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेका छौँ ।”

उक्त रिसार्टले नेपाल सरकारलाई करोडौँ रकम राजस्वसमेत तिर्दै आएको र कोभिड महामारी तथा रिसोर्ट सञ्चालनका क्रममा देखिएको आन्तरिक विवादका कारण केही वर्षदेखि रिसोर्ट पूर्णरूपमा सञ्चालन हुन सकेको थिएन । रिसोर्ट पूर्णरूपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको पनि करोडौँ रकम राजस्व पनि गुम्दै गएको थियो । रिसोर्टले नेपालका बैंकलाई तिर्नु पर्ने साँवा, व्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन ।

पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठूला लगानीका पर्यटन उद्योगहरू धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानीकर्ताका लागी सुखद नभएको अध्यक्ष सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योगको अहम् भूमिका भएकाले हामी केही गैरआवासीय नेपालीहरूले यो रिसोर्टमार्फत पर्यटन क्षेत्रको विकासमा एउटा इँटा थप्न चाहेका छौँ ।”

रिसोर्टको लगानीकर्ता अष्ट्रेलियाली कम्पनी आर्थिकरूपमा धरासायी भएको र टाइगर प्यालेस पनि बन्द हुने अवस्थामा पुगेको अवस्थामा एक करोड ५० लाख अमेरिकी डलरमा कारोबार भएको आजको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो । अब उक्त टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न आफूहरूलाई अनुमानित रु चार अर्बको दायित्व बहन गर्नुपर्ने अवस्था आएको सञ्चालक गौतमले जानकारी दिनुभयो ।

बुधबार, साउन ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.