काठमाडौं -काठमाडौं महानगरपालिका-२२ न्यूरोड पाको डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-५ घर भएका ४४ वर्षीय झलक बहादुर श्रेष्ठको कोठामा तास खेलिरहेको अवस्थामा झलक बहादुर लगायत ८ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
उक्त कोठामा तास खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय वृत्त जनसेवाबाट खटिएको प्रहरीले तास खेलिरहेका उनीहरुलाई १ बुक तास र नगद २ लाख १ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।