काठमाडौं– अभिनेत्री कविता गुरुङले कविता सङ्ग्रह ‘मेरो कविताको शीर्षक छ’ बजारमा ल्याएकी छन्।
Advertisement
चलचित्र ‘बबी’ मा अभिनय गरेकी गुरुङले जीवनका भोगाइ र अनुभव कवितामार्फत् उतारेको बताइन्। “म कवि, साहित्यकार होइन। आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मन लागेकाले तयार गरेकी हुँ। यसमा यथार्थ छ।”उनले भनिन्।
दस कविता सङ्ग्रहित पहिलो पुस्तक सार्वजनिक गरेको बताउँदै गुरुङले अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिने बताइन्। उनले गत वर्ष ‘म अनि मेरो’ नामक आत्मकथा ल्याएकी थिइन्।
आत्मकथामा उनले ‘कलेज लाइफ’, प्रेम, अन्तरजातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई चित्रण गरेकी थिइन्।