बाढीले बगाएको छ
पहिरोले पुरेको छ
Advertisement
सिंहदरबारलाई सुन्ने फुर्सद छैन
बानेश्वरलाई बोल्दै फुर्सद छैन
अहिले नेपाल सुनमय भएको छ
जहाँ गयो सुनकै कुरा
क्विन्टल होइन टनको कुरा
मिलेमतो छ भनेर
एकअर्कालाई पोलापोल छ
यस्तो एकअर्कालाई खुइल्याउने विषय
पाएपछि भाँडमा जाउन् जनता
चुनावमा ठीक पार्ने मन्त्र त छँदैछ
पैसा बाँडौंला
रक्सी मासु खुवाउँला
फेरि सब ठीक
ए जनता
चेत है चेत
होइन भने
रक्सी मासु खाउला
यस्तै नेता पाउला
जय होस्