रौतहट- गौर नगरपालिका-७ सवगाढास्थित सडकमा बिआर ३० जेड ३३७३ नम्बरको मोटरसाइकल आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार माधवनरायण नगरपालिका-६ माधोपर बस्ने ३५ वर्षीय कैलाश महतोको मृत्यु भएको छ ।
Advertisement
उक्त सडक क्रस गर्दै गरेकी बालिकालाई बचाउन खोज्दा भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।