• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

१९४४ वर्ष पुरानो त्रासदी सम्झाउने एक उत्खनन्


    Avatar photo
मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित

पोम्पेई (इटाली) (बीबीसी)- नागका आकृतिहरू भएको पूजाकोठा, एउटा बेकरी, केही नरकंकाल, आकर्षक भित्तेचित्रहरू अनि पिज्जाजस्तै देखिने एउटा चित्र। यी वस्तुहरू पोम्पेईस्थित पुरातात्त्विक उद्यानमा हालै उत्खनन गर्दा फेला परेका सामग्रीको सूचीमा छन्।

Advertisement

सन् ७९ मा भेसुभिअस पर्वतस्थित ज्वालामुखी विस्फोटन हुँदा ध्वस्त भएको यो प्राचीन नगरमा जहाँ खने पनि यस्तै खजाना भेटिन्छन्। यी प्राचीन रोमन सभ्यताका अवशेषहरू हुन्।

ज्वालामुखीको खरानी र लाभाबाट बनेको पमिस पत्थरमुनि पुरिएको यो नगरको एकतिहाइ भाग अझै उत्खनन हुन बाँकी छ । ‘त्यो धेरै काम अब भावी पुस्ताका लागि हो,’ शोधकर्ता आलेसान्द्रो रुसोले भने, ‘हामीले जेजति भेट्यौं। त्यसको संरक्षण गर्न हामीलाई समस्या छ। भावी पुस्तासँग नयाँ उपाय वा नयाँ प्रविधि उपलब्ध हुनसक्छ।’

अहिले उत्खनन गर्न थालिएको नयाँ क्षेत्र उक्त उद्यानमा यसअघि १९औं शताब्दीको अन्त्यतिर खोज गरिएको भेगमा पर्छ। त्यतिबेला पुरातत्त्वविदहरूले पोम्पेई नगरस्थित मुख्य गल्लीमध्येको ‘भिया डी नोला’का घरका अग्रभागहरू उत्खनन गरेका थिए। तर, त्यसभन्दा धेरै काम हुन सकेन।

उनीहरूले त्यतिखेर त्यहाँ रहेको एउटा लुगा धुने ठाउँ पहिचान गरेका थिए। अहिले उत्खननकर्ताहरूले विस्तारै ज्वालामुखीबाट निस्किएको खरानी अनि केराउको गेडाजत्रा लापिली भन्ने ढुंगाहरू पन्छाउन थालेका छन्।

भेसुभिअस विस्फोटनका ती दुई विनाशकारी दिनमा पोम्पेई यिनै खरानी तथा लापिलीले पुरिएको थियो। उत्खनन भइरहेको क्षेत्र नगरको एउटा ब्लकजत्रो छ। त्यसलाई इन्सुला भनिन्छ र ती झन्डै ३ हजार वर्गमिटर आकारका छन्।

उत्खनन गरिएको स्थलमा विशाल चुलो फेला परेको छ। यो विशाल चुलोमा एकपटकमा झण्डै १०० वटा पाउरोटी बन्ने अनुमान छ। ‘पोम्पेईको विशाल कथाभित्र यहाँका प्रत्येक घरका प्रत्येक कोठाका आ-आफ्नै कहानी छन्। म ती साना कहानी उधिन्न चाहन्छु,’ शोधकर्ता जेनारो आयोभिनोले भने।

उत्खननमा सहभागी अर्का पुरातत्त्वविद् तपाईंलाई कुनै ‘एट्रिअम’मा प्रवेश गरेको कल्पना गर्न सुझाउँछन्, जसको छतमा एउटा प्वाल छ र जहाँबाट सिंहको शिरको प्रतिमाबाट बर्खाको पानीलाई तल एउटा मूर्तिनजिकै रहेको फोहोरातिर पठाइन्छ।

ज्वालामुखी विस्फोटन हुनुअघि कारिन्दाहरूले त्यहाँ कुनै मर्मतको काम गरिरहेको जस्तो देखिन्छ। किनभने, छाना छाउने झिँगटीका दुईवटा थुप्रा मिलाएर राखिएको भेटिन्छ। तर, पोम्पेईमा अन्यत्र भेटिएका अरू भवनको तुलनामा यो त्यति भव्य छैन।

यो घर पक्कै आंशिक व्यावसायिक भवन थियो । किनकि, दायाँतर्फ मोडिनेबित्तिकै एउटा विशाल चुलो देखिन्छ। त्यसमा एकपटकमा १०० वटा पाउरोटी उत्पादन हुन सक्ने अनुमान छ।

पोम्पेईमा त्यस्ता ५० बेकरीका भग्नावशेष फेला परिसकेका छन्। तर, यो पसल पनि होइन किनभने यहाँ पसलको अग्रभागजस्तो कुनै संरचना देखिँदैन। सम्भवतः यो कुनै थोक बिक्रेताको केन्द्र हुन सक्छ, जसले भोजनालयका निम्ति प्रख्यात पोम्पेई नगरमा भोजनालयमा पाउरोटी वितरण गर्थ्यो।

एउटा चाँदीको किस्तीमा गोलाकार पाउरोटी र सँगै अनार, छोगडा, नट र आर्ब्युटस फल देखिने भित्तेचित्र फेला परेको सार्वजनिक हुनासाथ त्यसले सनसनी मच्चायो। तर, त्यो पिज्जा होइन। नियापोलिटन व्यञ्जनका दुई मुख्य सामग्री गोलभेंडा र मोज्जरेला चिज इस्वीको पहिलो शताब्दीताका इटलीमा उपलब्ध थिएनन्।

शायद त्यो ‘फोक्याच्या’को टुक्रा पो थियो कि? जेनारोका अनुसार पिज्जाको प्रसंग ठट्टाको रूपमा शुरु भएको हो। उनले भने, ‘मैले मेरो हाकिमलाई तस्बिर इमेल गर्दै ‘पहिले चुलो भेटियो अनि अब पिज्जा’ भनेर लेखेको थिएँ।’ फोक्याच्या पनि एक किसिमको रोटी नै हो। तर, विश्वभरि त्यसको चर्चा चल्यो। उक्त भित्तेचित्रलाई सुरक्षित राख्न अब त्यसलाई विशेष प्रकारले छोपेर राखिने छ।

प्रत्येक दिन पोम्पेई भ्रमण गर्ने २० हजार मानिसले ‘पिज्जाको पुर्खा’ उपनाम पाएको उक्त भित्तेचित्र हेर्न खोज्ने छन्। फेला परेका सामग्रीहरूलाई अहिले विशेष कोठाहरूमा सुरक्षित राखिएको छ।

ज्वालामुखी विष्फोटबाट त्यतिबेला कति मानिसले ज्यान गुमाए भन्ने कुनै जानकारी छैन। भेसुभिअस पर्वतमा विस्फोटन हुन थालेपछि धेरै मानिस त्यहाँबाट अन्यत्र गएको अनुमान छ। त्यहाँ झण्डै १ हजार ५०० वटा नरकंकाल फेला परेका छन्।

ताजा उत्खननमा पनि दुई महिला र लिंग पहिचान गर्न नसकिएको एउटा बच्चाको अस्थिपञ्जर भेटिएको छ। नरकंकाल फेला परेको ठाउँ हेर्दा ती मानिसहरू भर्‍याङमुनि जोगिएर बस्न खोजेजस्तो लाग्छ। तर, उनीहरूले ज्वालामुखीको प्रकोप बर्सिँदा घरको छाना भत्किन सक्ने कुरा विचार गरेका थिएनन्। माथिबाट खसेको प्रस्तरमूर्ति उनीहरूको शरीरमाथि बज्रिएको थियो।

सन् ७९ अक्टोबरमा भएको उक्त भयानक दिनको प्रकोपको प्रमाण उक्त भवनको अर्कोपट्टि अवस्थित एउटा शयनकक्षमा पनि देखिन्छ। त्यहाँ आगोले डढेको बिछ्यौना फेला परेको छ। डढेपछि भित्ता र भुइँमा बाँकी रहेको किनाराको अवशेषबाहेक त्यो चिन्न सक्ने स्थितिमा छैन।

बिछ्यौनाको अवशेषमा राम्ररी हेर्ने हो भने कपडाका काला टुक्रा र डसना भर्न हालिएको पदार्थ पनि देखिन्छ। अँगार बनेका यी अवशेष रहेको ठाउँ विचार गरेर पुरातत्त्वविदहरूले त्यहाँ ज्वालामुखी विस्फोटन हुँदा शुरुतिरै भागेको बताउन सक्छन्।

मानिसहरू भाग्न खोज्दा भएको कोलाहलमा दियो ढलेर आगलागी भएको उनीहरूको अनुमान छ। ‘भाग्न विफल मानिसहरू को हुन् भन्ने थाहा पाए, त्यो रोचक कुरा हुन्छ,’ उक्त उद्यानका निर्देशक गाब्रिएल जुच्ट्रिएगेलले भने, ‘के उनीहरू विपन्न थिए? पुरुषभन्दा महिलाको संख्या बढी थियो? अथवा आफ्नो धनको रक्षा गर्न चाहने सम्पन्न मानिसहरू पो थिए कि जबकि भाग्न सफल भएकाहरू केही नभएका मानिस थिए होला ।

अहिले उत्खनन गरिएको क्षेत्रको पछिल्लो भागमा तीनवटा कोठा घेर्ने भित्ता छ। यहाँ लापिली र खरानी पन्छाउँदा औधी गजबका कलाकृति देखा परे। मध्यभागको कोठामा अर्को आकर्षक भित्तेचित्र छ, जसलाई पालले ढाकिएको छ। यसमा अकिलिजको किंवदन्तीको एउटा प्रसंग प्रस्तुत गरिएको छ।

ती वीर सैनिकको कमजोर कुर्कुच्चाको कहानी निकै चर्चित छ। त्यहाँ ट्रोजन युद्ध लड्न नपरोस् भनेर उनले महिलाको भेष बनाएर लुक्ने प्रयास गरेको प्रसंग चित्रण गरिएको छ।

तेस्रो कोठामा पाल पन्छाउँदा एउटा चित्ताकर्षक पूजाकोठा देखियो। त्यहाँ गाढा रातो-बैजनी रंगको पृष्ठभूमिमा दुईवटा पहेंला नागका आकृति छन्। उनले भित्ताको अर्को कुनामा रहेको भित्तेचित्रतर्फ औंल्याए। ‘यो कोठा वास्तवमा भान्छा हो। यहाँ उनीहरूले आफ्ना ईश्वरलाई प्रसाद चढाउँथे। माछा वा फलफूल। नाग भनेकोचाहिँ ईश्वर र मानिसबीचको सम्पर्क सूत्र हो,’ उनले भने।

इन्सुलामा थप सामग्री देखा पर्दै गर्दा भवनको उक्त भग्नावशेषलाई एउटा सुरक्षित छानो बनाएर जोगाउनका लागि वरपर मचान बनाइएको छ। पर्यटकहरूले यी पुरातात्त्विक निधिहरू सजिलै अवलोकन गर्न सकून् भनेर उद्यानले भविष्यमा त्यहाँ केही अग्लो स्थानमा पदमार्ग बनाउने विचार गरेको छ। ‘मानिसहरूले कहिलेकाहीं हामीलाई सोध्छन्, तपाईं के फेला पार्न चाहनुहुन्छ? के खोज्दै हुनुहुन्छ?’ गाब्रिएल भन्छन्। तर, त्यस्ता प्रश्नहरू नै गलत भएको उनको धारणा छ।

‘हामीले वास्तवमा के खोजिरहेका छौं भन्ने हामीलाई थाहा छैन। हामी त सधैं केही आश्चर्यजनक कुरा भेटियोस् भन्ने चाहन्छौं। यी त उघ्रिँदै गएका प्रमाण हुन्, जसले हामीलाई कतै डोर्‍याउँदै छ। तर, हामीलाई थाहा छैन यो यात्राले कता लैजान्छ,’ उनले भने।

बीबीसी नेपाली सेवाबाट

मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.