काठमाडौं- सर्लाही कबिलासी नगरपालिका-१ पिपरियामा थ्रेसरबाट धान झार्ने क्रममा मंगलबार दिउँसो आगलागी हुँदा सोही ठाउँ बस्ने लोचन राय समेत ४ जनाको धान, पराल र टायरगाड समेत जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
Advertisement
सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-७ बस्ने सुर्य नारायण यादवको घर नजिकै धान थ्रेशर लगाउने क्रममा मंगलबार दिउँसो आगलागी हुँदा बस्तीमा फैलिएर सूर्यनारायण समेत ५ जनाको ९ वटा घर जलेर करिब २२ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।