काठमाडाैं– नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा बजेट पास भए वर्तमान सरकार ढल्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले बजेट यथास्थितिमा पास भए सरकार ढल्ने बताएका हुन्।
उनले बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट)मा केन्द्रित भएको बताउँदै सबैजना असन्तुष्ट रहेकोले प्रधानमन्त्री र अर्थमन्त्रीले लचकता नदेखाए सरकार ढल्ने चेतावनी दिए।
उनले भने, ‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ। अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन। यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ की जस्तो पनि लाग्छ। सरकार दुर्घटनामा जान्छ।’ उनले भने, ‘तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्शन गर्नुपर्छ। मेरो पनि प्रयास छ, सबैले लचकता देखाउँ। यो सकरार ढल्न दिनु हुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ।’