• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

नाम मात्रको ‘जनताको जलविद्युत्’


सोमबार, मङि्सर १३, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं- सरकारले विशेष प्राथमिकताका साथ जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेका तीन जलविद्युत् आयोजनामा आशातीत प्रगति हुन सकेको छैन ।

रसुवामा निर्माणस्थल रहेका ती आयोजनाको हरेक वर्ष विद्युत् उत्पादनको मिति सर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले पटक–पटक स्थलगत निरीक्षण गरेर निर्देशन दिए पनि आयोजनाको काम प्रभावकारी हुन सकेको छैन ।

नेपालको जलविद्युत् क्षेत्रमा एउटा उदाहरण बनेको चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका ती आयोजनाबाट कहिले विद्युत् उत्पादन हुन्छ भनेर निक्र्योल गर्नसमेत अप्ठ्यारो हुन थालेको छ । प्राकृतिक विपद्, कोरोना भाइरस संक्रमण जोखिमलगायत कारणले आयोजनाको समय र लागत दुवै बढ्दै गएको छ ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । आयोजना छिटो सक्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लगातार ताकेता गर्दै आए पनि अवस्था उस्तै छ ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका आयोजनाहरू सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणको नेतृत्व ताते पनि प्रसारण लाइनको अवस्था उस्तै छ । कहिले प्रसारण लाइन सकिने र आयोजनाको काम सकिए पनि बिजुली जोड्ने कुनै ठेगान छैन ।

भूकम्प, भारतीय सीमामा भएको अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ, कठिन भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनमा देखिएका जटिलता तथा ठेकेदारको कमजोर कार्यसम्पादन, बाढीपहिरो, कोभिड–१९ को महामारी लगायतका कारणले आयोजना निर्माणमा जटिलता उत्पन्न भए पनि सहज अवस्थामा समेत काममा गति देखिएको छैन ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलको अनुगमनमार्फत आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदार, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा घिसिङले नै तीनवटै आयोजनाको वित्तीय व्यवस्थापन गरी एकसाथ अगाडि बढाएका थिए ।

‘मुख्य सिभिल संरचनाहरूको निर्माण सम्पन्न भइसकेका छन्, सर्वसाधारणको पनि लगानी रहेको आयोजनाको निर्माण यथासक्य छिट्टो सम्पन्न गरी लगानीकर्तालाई प्रतिफल दिनुपर्छ,’ उनले भने, ‘बाँकी रहेका काम समानान्तर रूपमा अगाडि बढाएर ७–८ महिनाभित्रमा सम्पन्न गर्नुपर्छ ।’

माथिल्लो सान्जेनको बाँध, बालुवा थेग्र्याउने, पोखरी, सुरुङलगायत सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरू जडान सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ । माथिल्लो सान्जेनको क्यासकेडका रूपमा रहेको सान्जेनको सुरुङ, सर्जट्याङ खन्ने काम सम्पन्न भएका छ । विद्युतगृहका उपकरण रहने संरचनाहरूको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ ।

दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरूको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिक चीनबाट नआउँदा काम प्रभावित भएको छ । निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिक मंगलबार नेपाल आउँदैछ । त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकले उपकरणहरू जडान सुरु गर्नेछन् । प्रसारण लाइनको टावरहरू निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकी छ ।

रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । इलेक्ट्रोमेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको हो ।

इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरणहरू आयोजनास्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ । ‘इलेक्ट्रोमेकानिक ठेकेदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको छ, उपकरणहरू जडानका लागि ठाउँको अभाव छैन, कामदार थपेर सबै ठाउँमा समानान्तर रूपमा काम गरी ८–९ महिनाभित्र सक्नूस्, ठेकेदारले बेहोरिरहेको समस्या समाधानका लागि हामी सहजीकरण गर्नेछौं,’ कार्यकारी निर्देशक घिसिङले भने ।

तीनवटै आयोजनाको विद्युत् निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिनेछ । चिलिमे तथा त्रिशूली थ्री बी हब सबस्टेसन र चिलिमी–त्रिशूली थ्री बी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । यही प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ ।
राससबाट

सोमबार, मङि्सर १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा
गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

भर्खरै

  • १.
    राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • २.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • ३.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ४.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ५.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ६.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ७.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ८.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.