काठमाडौं- काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको ढोका आकाशमै एक्कासी खुलेको छ।
Advertisement
उक्त जहाजलाई करिब आधा घण्टा आकाशमै होल्ड गराएर काठमाडौं फर्काइएको छ।
उक्त जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ।
जहाजमा प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको तथा चालक दलका सदस्य र यात्री सबै सकुशल रहेको विमानस्थल स्रोतको भनाइ छ।
उक्त जहाज ८.५० मा काठमाडौंबाट उडेर ९.४५ मा धनगढीमा अवतरण गर्नुपर्ने सेड्युल थियो।