• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

एमालेको केन्द्रीय सदस्यमा अनुभूति बम नेपालीको उम्मेदवारी घोषणा


बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं- एमालेका युवा नेता अनुभूतिबम नेपालीले पार्टीको केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपालीले चितवनमा हुन लागेको पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर ९ गतेदेखि चितवनमा हुँदैछ । नेता नेपालीले दलित समुदायका मुद्धालाई पार्टी र राज्यको नजरमा स्थापित गर्न एजेन्डासहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए ।

‘मैले पार्टीमा झण्डै तीन दशकदेखि काम गरिरहेको छु । विद्यार्थी बेलादेखि संगठनमा लागेर, दलित, महिला र युवाको क्षेत्रमा लामो समयसम्म काम गरेको अनुभव छ, समुदायसँग जोडिएर जनताको चाहना र भावनाबमोजिम चल्नसक्ने पार्टी बनाउनुपर्छ भनेर लागिरहेको छु,’ उनले भने, ‘मेरो उम्मेदवारी त्यसैकालागि हो ।’

उनले दलित समुदायमाथि राज्यले गर्दै आएको विभेद र उत्पीडनको अन्त्यका लागि समेत आफू निरन्तर लड्दै आएको भन्दै त्यस्तो विभेद र उत्पीडनको अन्त्यका लागि समेत आफूले भूमिका खेल्ने बताए । तेह्रथुमका नेता नेपाली जिल्लाको राजनीतिमा प्रभावशाली नेता हुन् ।

गैरसरकारी संघसंस्था र सामाजिक क्षेत्रमार्फत् नेपालीले जिल्लाको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । २०५३ सालमा नेकपा एमालेको सदस्यता लिएका नेपाली हाल प्रदेश नं. १ संगठन कमिटी सदस्य छन् । उनी ०५५ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्ष भए । त्यसअघि ०५२ सालमै दलित मुक्ति समाजको जिल्ला सचिव भएका थिए । उनले मुक्ति समाजका विभिन्न तहमा बसेर काम गरिसकेका छन् । उनी समाजको केन्द्रीय कमिटी सचिव समेत भए ।

उनी नेकपा एमाले जिल्ला कमिटीको सचिवालय सदस्य र सामाजिक सेवा तथा समावेशीकरण फाँट ईन्चार्ज भएर काम गरे । त्यस्तै, उनी ०६८ सालदेखि नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, केन्द्रीय प्रचार विभाग सदस्य र कोशी अञ्चल समन्वय कमिटी सदस्यमा रही समावेशीकरण तथा सुरक्षा विभाग प्रमुखको रुपमा काम गरिसकेका छन् ।

दलित समुदायको सामान्य परिवारमा ०३० सालमा जन्मिएका नेपाली स्नात्तकोत्तर हुन् । ‘मैले विद्यार्थी राजनीति गरेँ । पार्टीका विभिन्न तहमा बसेर काम गरिसकेको छु, मैले ग्राउण्ड लेवलको राजनीतिमा लामो समय लगाएको छु, मलाई पार्टीका नेता कार्यकर्ता साथीहरुले नजिकबाट बुझ्नुभएको छ, त्यही आधारमा सबैको साथ सहयोग पाउँछु भन्ने आशा लिएको छु,’ नेपालीले भने । नेता नेपाली ९ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदमा उम्मेदवार थिए ।

बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.