Advertisement
काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका पक्षमा विज्ञप्ति प्रकाशित गरेका संवैधानिक निकायका पदाधिकारीहरूमाथि एमाले उपाध्यक्ष डा. भीम रावलले प्रश्न उठाएका छन् ।
मंगलबार राति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. रावलले उक्त विज्ञप्तिले सरकार, अदालत र नियुक्ति पाउनेहरू बीचको साँठगाँठकै पर्दाफास भएको बताएका छन् ।
‘प्रधानन्यायाधीशका सामु इतिहासमै पहिलोपटक न्यायिक नैतिकता र जिम्मेवारीबोधको गम्भीर प्रश्न उठिरहेको बेला यसबारे संवैधानिक आयोगका पदाधिकारीहरूले विज्ञप्ति निकालेर क्षेत्राधिकार र मर्यादाको धज्जी उडाएका छन्,’ डा. रावलले लेखेका छन्, ‘यसबाट सरकार, अदालत र नियुक्ति पाउनेहरू बीचको साँठगाँठकै पर्दाफास भएको छ ।’