कैलाली- बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँबाट १ हजार दरको ४० थान नक्कली नोटसहित दुईजनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
Advertisement
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी रहेको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।