पर्वत- महाशिला गाउँपालिका–२ भोक्सिङ बागमाराबाट १ थान भरुवा बन्दुक, सोही बन्दुकको ५ सय ग्राम छर्रा, २ सय ५० ग्राम बारुदसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेमा सोही गाउँपालिका–१ होश्राङ्दीका ४५ वर्षीय राजबहादुर राना र ४० वर्षीय रेशम राना छन् ।
लु३९प ३८६१ नम्बरको मोटरसाइकलमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई इलाका प्रहरी लुंखुको टोलीले पक्राउ गरेको हो ।