भक्तपुर- मध्यपुरथिमि नगरपालिका–२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ। आज दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
Advertisement
आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ।