काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिदमा १३० रुपैयाँ ८८ पैसा र बिक्रीमा १३१ रुपैयाँ ४८ पैसा तय गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४३ रुपैयाँ ३६ पैसा र बिक्रीमा १४४ रुपैयाँ २ पैसा तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६५ रुपैयाँ ११ पैसा र बिक्रीमा १६५ रुपैयाँ ८६ पैसा तय भएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८८ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९८ रुपैयाँ १७ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९९ रुपैयाँ २ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९ रुपैयाँ ७३ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ९० पैसा र बिक्रीमा १८ रुपैयाँ ९९ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३४ रुपैयाँ ९० पैसा र बिक्रीमा ३५ रुपैयाँ ६ पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा तय भएका छन्।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ ३६ पैसा र बिक्रीमा २९ रुपैयाँ ४९ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ८९ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ९३ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२६ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९२ पैसा तथा बहराइनको दिनार खरिदमा ३४७ रुपैयाँ १८ पैसा र बिक्रीमा ३४८ रुपैयाँ ७८ पैसा तय गरिएको छ।