काठमाडौं- सत्ता गठबन्धनका नेताहरू शुक्रबार मन्त्रिपरिषद् विस्तार गरिने भएको छ ।
Advertisement
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा शुक्रबार नै मन्त्रीहरू नियुक्त गरेर अपराह्न चार बजे सपथ ग्रहण गराउने सहमति जुटेको हो ।
बैठकमा सबै दलले आ-आफ्नातर्फबाट मन्त्रीहरूको नाम प्रस्ताव गरेका छन् । नेकपा (एकीकृत समाजवादी) र जसपाले मन्त्रीको नाम फाइनल गरे पनि मन्त्रिपरिषद् विस्तार अघिसम्म गोप्य राखेका छन् ।