• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

जयनगर-कुर्था रेल सञ्‍चालन मापदण्डमा तयार

बिहिबार, असोज २१, २०७८ मा प्रकाशित

काठमाडौं- नेपाल र भारतबीच सम्पन्‍न पाँचौँ क्रस बोर्डर रेल लिंक बैठकले ३४ किलोमिटर लामो जयनगर-कुर्था रेलमार्ग सञ्‍चालन मापदण्डमा हस्ताक्षर गरेको छ।

Advertisement

प्राचीन सहर जनकपुर हुँदै चल्ने रेलमार्गको सञ्‍चालन प्रक्रियाका मापदण्ड दुवै मुलुकका अधिकारीले हस्ताक्षर गरेका हुन्। नेपाल-भारत संयुक्त कार्यदलको बैठक बुधबार नयाँदिल्लीको चाणक्यपुरीमा सम्पन्‍न भएको हो।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार बैठक नेपाली प्रतिनिधि मण्डलको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले गरेका थिए। यस्तै, भारतीय पक्षको नेतृत्व रेलवे मन्त्रालयका ट्राफिक ट्रान्सपोर्टेसनतर्फका कार्यकारी निर्देशक डा. मनोज सिंहले गरेका थिए। बैठकमा भारतीय रेलवे, विदेश मन्त्रालय, कोन्कण रेल्वेज्, इर्कोन, केआरसीएलका उच्च अधिकारी सहभागी थिए।

यस्तै, नेपाली प्रतिमण्डलमा रेल विभाग, अर्थ र गृह मन्त्रालयका अधिकारीहरू थिए। कार्यदल बैठकमा दुई मुलुकबीच रेल सेवाको क्षेत्रमा प्राविधिक सहयोगबारे समीक्षा भएको थियो, जसमा जयनगर-बिजलपुरा-बर्दिवास तथा जोगवनी-विराटनगर क्रस बोर्डर रेलमार्गमा भइरहेको काम पनि सामेल थियो। नेपाली पक्षले जयनगर-कुर्था रेलमार्गमा भइरहेको तयारीबारे विस्तृत प्रस्तुति दिएको थियो।

भारतीय पक्षले यो खण्डमा रेल सञ्‍चालनका लागि पूर्ण सहयोग गर्ने सहमति दिएको छ। नेपाली पक्षले रेल सञ्‍चालनअघि नियामक ढाँचा तयार पार्न भारतीय पक्षको सहयोग मागेको थियो। त्यसमा पनि भारतीय पक्षले सहमति दिएको छ।

नेपालमा रेल सञ्‍चालनका लागि आवश्यक प्राविधिक सहयोग तथा रेलकर्मीहरूलाई तालिम र प्रशिक्षण दिन भारतीय पक्षले सहमति जनाएको छ। यस्तै, बैठकमा रक्सौल-काठमाडौं ब्रोडगेज रेलमार्ग निर्माण तथा दोस्रो चरणका परियोजनाहरूमा भएको प्रगतिबारे पनि छलफल भएको थियो।

बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.