• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउने


बिहिबार, असोज २१, २०७८ मा प्रकाशित

रुपन्देही- लुम्बिनी बौद्ध विश्वविद्यालयले परोपकार कार्यअन्तर्गत अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ। धुलिखेल अस्पतालसँगको सहकार्यमा लुम्बिनीमा अस्पताल बनाउने योजना अघि बढाइएको हो।

Advertisement

बौद्ध विश्वविद्यालयले प्राज्ञिक उन्नयनका साथै परोपकारी लक्ष्यसहितका कार्यमा जोड दिँदै आएको छ। धुलिखेल अस्पतालको सहकार्यमा खडैयामा अस्पताल निर्माण गर्ने सैद्धान्तिक सहमति भएको हो। जनरल अस्पतालबाट स्वास्थ्य सेवा सुरु गर्ने योजना विश्वविद्यालयले बनाएको छ। ‘हामीले पहिलेदेखि नै बनाएको एउटा योजनालाई मूर्तरुप दिन खोजिरहेका छौँ,’ विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले भने, ‘अस्पताल निर्माणले लुम्बिनी क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुच पुग्नेछ।’ अस्पताल सञ्चालनपछि स्थानीय समुदाय विश्वविद्यालयसँग जोडिने र शैक्षिक क्रियाकलापमा समेत सघाउ पुग्ने उनको भनाइ छ।

विश्वविद्यालयले शिक्षक आवास र छात्रावास भएको स्थान खडैयामा अस्पताल बनाउने योजना बनाएको छ। यो जग्गा बाहेक अन्य फराकिलो क्षेत्रको समेत खोजि भइरहेको रजिष्ट्रार आचार्यले बताए। अस्पताल निर्माणपछि लुम्बिनी क्षेत्रवासीले उपचारका लागि बाहिर धाउनुपर्ने बाध्यता हट्नेछ। अहिले सामान्य उपचारका लागि पनि भैरहवा, बुटवल आउनुपर्ने बाध्यता छ। अस्पतालमा विशेषज्ञ डाक्टरसहित आठ जनासम्म स्वास्थ्यकर्मी रहने परिकल्पना गरिएको छ। यसलाई विस्तार गर्दै ५० शय्यासम्मको अस्पताल सञ्चालन गर्ने योजना रहेको छ।

विश्वविद्यालयको पहलपछि धुलिखेल अस्पतालको प्राविधिक टोलीले प्रस्तावित अस्पताल निर्माणस्थलको अध्ययन गरेको छ। धुलिखेल अस्पतालका डा प्रवीन कर्माचार्य र दिनेश थापाको टोली तथा विश्वविद्यालयको टोलीले अस्पताल निर्माणस्थलको अवलोकन गरेको हो। धुलिखेल अस्पतालले विभिन्न क्षेत्रमा सहकार्यमा आउटरिच सेन्टर चलाउँदै आएको छ। 

बौद्ध विश्वविद्यालयले सहकार्यका लागि प्रस्ताव गरेको हो। अस्पतालका डा कर्माचार्यले लुम्बिनीमा स्वास्थ्य सेवाका लागि सहकार्य गर्न आफूहरू तयार रहेको बताए। ‘हामी बौद्ध विश्वविद्यालयसँग जोडिन पाउदा खुसी छौँ, अस्पतालको योजना पूरा हुनेछ,’ उनले भने। 

अस्पतालको प्राविधिक टोलीले विश्वविद्यालयका पदाधिकारीसँग छलफलसमेत गरेको छ। सो अवसरमा उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले बुद्धले भनेजस्तै बिरामीको उपचार गर्नु परोपकारको काम रहेको बताए। विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक सञ्जीव हुमागाईंले आउटरिच स्थापनाले लुम्बिनीको स्वास्थ्य सेवालाई प्रभावकारी र सहज बनाउन सकिने सुनाए। स्वास्थ्य जनचेतनादेखि उपचारसम्मको जिम्मेवारी विश्वविद्यालयले लिएर अघि बढ्न सक्ने उनको भनाइ छ।

टोलीमा सहभागि लुम्बिनी प्रादेशिक अस्पतालका डा सागर न्यौपानेले लुम्बिनीमा जनरल सेवासहितको अस्पताल आवश्यक रहेको बताए। विश्वविद्यालयले विभिन्न दातासँग सहकार्य गरी अस्पतालको स्रोत जुटाइने जनाएको छ। धुलिखेल अस्पतालले प्राविधक सहयोगसहित आर्थिक स्रोतको पहिचानमा समेत सहयोग गर्नेछ। तत्काल सानो स्वरुपमा अस्पताल सुरु गर्ने र त्यसको स्तरवृद्धि गर्दै लगिने योजना रहेको छ।

बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.