काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को उपचारका क्रममा निधन भएको छ।
Advertisement
चुनाव प्रचार प्रसारका बेला वैशाख ४ गते बिहान ४ बजे थापा रवि लामिछानेकाे चितवनस्थित घरको छतबाट खसेर घाइते भएका थिए।
थापाको उपचारका क्रममा मंगलबार दिउँसो १:३५ बजे निधन भएको मेडसिटी अस्पतालले जनाएको छ।
घटनालगत्तै चितवनकै पुरानो मेडिकल कलेजमा उपचार गराए पछि थप उपचारका लागि हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो।
शम्भु थापा भन्ने ३९ वर्षीय दिलबहादुर थापा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ निवासी हुन्।