• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

आइपीपीएफका महानिर्देशक डा. बरमेजो नेपालमा


सोमबार, बैशाख १८, २०८० मा प्रकाशित

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घ (आइपीपीएफ)का महानिर्देशक डा. अल्भेरो बरमेजोले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन सङ्घले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका छन्।

Advertisement

पाँचदिने भ्रमणमा आइतबार साँझ नेपाल आएका उनले आज आयोजित पत्रकार सम्मेलनमा भने, “यस्तो सेवा विपन्न समुदायसम्म पुर्‍याउनुपर्छ। महासङ्घले नेपाललाई प्रदान गर्दै आइरहेको आर्थिक एवं प्राविधिक सहयोग निरन्तर जारी रहनेछ।”

महानिर्देशक डा. बरमेजोले यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन नेपाल सरकारसँग आग्रह गर्दै बृहत्तर यौनिकता शिक्षालाई समुदायस्तरमा पुर्‍याउनु सुझाव दिए।

मूलतः गरिब, सिमान्तकृत, सामाजिकरूपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासङ्घले विश्वभर आफ्ना सदस्य-सङ्घमार्फत महासङ्घले लगानी गर्दै आएको उनले जानकारी दिए।

उनले आजै सङ्घद्वारा सञ्चालित ‘हर्मोनल तथा लेजर थेरापी’ क्लिनिकको निरीक्षणसमेत गरेका थिए। कार्यक्रममा सङ्घका अध्यक्ष हिमालय लाल कसजु र व्यवस्थापक डा. नरेशप्रताप केसीले सङ्घका गतिविधिबारे जानकारी दिएका थिए।

हाल सङ्घले विभिन्न ३४ जिल्ला तथा तीन सय ५० पालिकामा यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवद्र्धनात्मक सचेतना प्रदान गरिराखेको छ। परिवार योजना सेवामा राष्ट्रिय योगदान तथा सिमान्तकृत तथा जोखिममा रहेका समुदायको पहुँचमा प्रजनन स्वास्थ्य सेवा पुर्‍याउन सङ्घले गरेको योगदान उल्लेखनीय रहेको छ।

सङ्घका कूल सेवाग्राहीमध्ये ८८ प्रतिशत सेवाग्राही सिमान्तकृत तथा जोखिम समुदायमा छन्। कोरोना महामारीका बीचमा पनि सङ्घले सन् २०२१ मा लगभग ३६ लाख सेवा आफ्ना क्लिनिकमार्फत प्रदान गरेको थियो।

महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको संस्था हो। महासङ्घमा विश्वका एक सय ४२ देशका परिवार नियोजन सङ्घ आबद्ध छन्। नेपाल परिवार नियोजन सङ्घ पनि उक्त महासङ्घको सदस्य हो।

सङ्घले सन् १९६० मा यस महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो। सदस्यता प्राप्त गरेदेखि नै सङ्घले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा काम गर्नका लागि नियमित वार्षिकरूपमा उक्त महासङ्घबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्दै आइरहेको छ।

महासङ्घका उच्च नेतृत्वबाट यो तहको दोस्रोे पटक नेपाल भ्रमण भएको सङ्घले जनाएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महानिर्देशक डा. बरमेजोले मङ्गलबार द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।

नेपाल भ्रमणका क्रममा महानिर्देशक डा. बरमेजोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्चपदस्थ नेतृत्वसँग नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा परामर्श गर्ने कार्यतालिका छ।

यसैगरी भ्रमणका क्रममा उनले सङ्घको केन्द्रीय पदाधिकारी, उच्च व्यवस्थापन तथा युवा सदस्यसँग पनि भेटवार्ता एवंं सङ्घद्वारा सञ्चालित कार्यक्रमका बारेमा जानकारी लिनेछन्।

सोही क्रममा उनले मोरङको विराटनगरस्थित सङ्घको शाखा कार्यालय, सुनसरी इटहरीस्थित सङ्घको परिवार स्वास्थ्य सेवा केन्द्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम छ। महानिर्देशक डा. बरमेजोले भ्रमणका दौरानमा सङ्घका साझेदारी सङ्घ संस्था, दातृ निकाय, सञ्चारकर्मी तथा अल्पसङ्ख्यक समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्ने बताइएकाे छ।

सङ्घका कूल सेवाग्राहीमध्ये ८८ प्रतिशत सेवाग्राही सिमान्तकृत तथा जोखिम समुदायका रहेका छन्।

सोमबार, बैशाख १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.