• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

लोकबाजामा रमाएको ‘भैरवी’ ब्यान्ड


आइतबार, असोज १७, २०७८ मा प्रकाशित

काठमाडौं- कीर्तिपुरका चार र ठहिटीका दुई युवाले १३ वर्षअघि स्थापना गरेको ‘इन्स्ट्रुमेन्टल’ ब्यान्ड हो, भैरवी । ‘कुटुम्ब’, ‘सुर–सुधा’जस्तै यस ब्यान्डले पनि धिमे, बाँसुरी, मादल, तबला, सारंगीलगायत लोकबाजामा आफूलाई केन्द्रित गरेको छ ।

Advertisement

उनीहरूले ब्यान्ड स्थापना गर्दा गितार, ड्रमलगायत पश्चिमा बाजाले नेपाली संगीतको बजार तताएका थिए । ‘हामीले भने लोक र मौलिक बाजा रोज्यौँ,’ ब्यान्डका मेटल प्रिसुनर सञ्जय महर्जन भन्छन् । दसैँ, तिहार, जात्रा र पर्वहरूमा सीमित लोकबाजालाई व्यावसायिक रूपमा अगाडि बढाउने सोच आफ्नो ब्यान्डको रहेको महर्जन बताउँछन् ।

ब्यान्डमा रवीन्द्र महर्जन र आशिष महर्जन ‘हाई’ र ‘लो’ ट्युनका बाँसुरीवादक हुन् । सारंगीमा प्रिन्स नेपाली छन् भने ढोलक, मादल र खिः नरेश प्रजापतिले बजाउँछन् । सञ्जय महर्जन मेटल प्रिसुस्ट सम्हाल्छन् भने युसन महर्जन धिमे, मादल, तबलावादक हुन् ।

हालसम्म उनीहरूले ‘नेवालय’, ‘डोल्माको भट्टी’, ‘मेलोडी म्यान’, ‘हिल टु हिमालय’ शीर्षकमा धुन तयार पारेका छन् । ६ वर्षअघि उनीहरूले ‘नेपाल’ बोलको पहिलो एल्बम बजारमा ल्याए । अब दोस्रो एल्बमको तयारीमा छन् । बाघभैरव नेवार समुदाय र कीर्तिपुरको चिनारी मानिन्छ । सोही चिनारीलाई प्रतिबिम्बित गर्दै उनीहरूले ब्यान्डको नाम ‘भैरवी’ राखेका हुन् । त्यसो त संगीतसाधनाको एक राग पनि हो, भैरवी ।

‘अन्य सांगीतिक ब्यान्डमा शब्द प्राथमिकतामा पर्छन्, हाम्रो ब्यान्ड इन्स्ट्रुमेन्टल भएकाले धुनमा केन्द्रित हुन्छौँ,’ सञ्जय भन्छन् । नेपालमा त्यसै पनि इन्स्ट्रुमेन्टल ब्यान्ड कम छन् । त्यसमाथि धुन मात्र भर्ने ब्यान्डको बजार पनि साँघुरो छ । हराउँदै गएका लोकबाजाको पुनर्जागरण आफैँमा चुनौती थियो ।

ब्यान्डको सुरुवाती समयमा उनीहरू राति अबेरसम्म स्टेज कार्यक्रममा व्यस्त रहन्थे । स्थापनाको दशक नाघिसक्दा अब उनीहरूलाई स–साना सोमा पुग्नुपर्ने बाध्यता छैन । त्यसैले हिजोआज उनीहरू ठूला होटेलमा हुने समारोह र कन्सर्टमा व्यस्त रहन्छन् । नेपाली मौलिक बाजामा केन्द्रित रहेका कारण अन्तर्राष्ट्रियस्तरमा राम्रो छाप छोड्न सफल भएको छ, यो ब्यान्ड ।

मादल, सारंगी, टुङ्ना, मुर्चुंगा, धिमे, ढोलकलगायत नेपाली मौलिक बाजा भनेपछि पश्चिमा मुलुकका संगीतप्रेमी भुतुक्कै हुन्छन् । राई, लिम्बू समुदायले बजाउने च्याब्रुङ, नेवारको धिमे र थारू जातिको ढोलकमा थोरै मात्र अन्तर रहेको महर्जन बताउँछन् । थारू जातिले बाँसको कप्टेरोले ढोलक बजाउँछन् । ‘बाजा एकै भए पनि बजाउने पद्धति फरक हुने कारण ब्यान्डमा लोकबाजा प्रयोग गर्न जटिल छ,’ उनी भन्छन् ।

आइतबार, असोज १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.