नयाँदिल्ली- इन्डियन प्रिमियर लिग (आईपीएल)को एक रोमाञ्चक प्रतिस्पर्धामा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई उसैको घरेलु मैदानमा ७ रनले पराजित गरेको छ।
Advertisement
आईपीएलको जारी सिजनमा दिल्लीको यो दोस्रो जित हो। त्यसका बावजुद दिल्ली अंकतालिकामा सबैभन्दा तल छ भने हैदराबाद दिल्लीभन्दा ठीक माथि।
यो एक लो स्कोरिङ म्याच थियो, जसमा पहिलो पारीदेखि नै बलरहरूको दबदबा थियो। हैदराबादको राजीव गान्धी स्टेडियममा दिल्लीका कप्तान डेभिड वार्नरले टस जितेर ब्याटिङ रोजे। र, दिल्लीले ९ विकेटको क्षतिमा १४४ रन बनायो।
तर, जवाफमा हैदराबाद दिल्लीले दिएको लक्ष्यभन्दा ७ रन पछाडि नै समेटियो।