काठमाडौं- पछिल्लो २४ घन्टामा देशभरिमा १,०६६ जना कोरोना संक्रमित थपिएका छन्।
Advertisement
८,५४० जनामा गरिएको पिसिआर परीक्षणबाट ८३५ र २८१८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,८३,९१० जनामा र एन्टिजेन परीक्षणबाट ८८,८९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
मन्त्रालया अनुसार सोही अवधिमा १,२३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,४७,८०० पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। थपिएकासहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,०२८ पुगेको छ। अहिले देशभरिमा २५,०८२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।