Advertisement
काठमाडौं- संखुवासभाको मादी-१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका २५ वर्षीय लोकबहादुर कार्कीले अपराध स्वीकारेको प्रहरीले बताएको छ ।
पारिवारिक रिसइवीका कारण हत्या गरेको बयान उनले प्रहरीलाई दिएका छन् । गत सोमबार ५७ वर्षका तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको थियो । हत्या कबोल गरेका लोकबहादुरको घर डेढ सय मिटर मात्र टाढा छ ।
प्रहरीका अनुसार लोकबहादुरले शुरुमा तेजबहादुरको हत्या गरेको बयान दिएका छन् । परिवारका अन्य सदस्यले पनि देखेपछि प्रमाण लुकाउन उनीहरूको पनि हत्या गरेको उनले बयान दिएका छन् ।
गत सोमबार तेजबहादुर कार्की, उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमाको हत्या भएको थियो ।